प्रदेश १ की सांसद चौधरीले दिईन कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी

  • मंसिर २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश १ की सांसद नवोदिता चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।

सुनसरी क्षेत्र नं। २ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने चौधरीले थारु कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिन लागेकी हुन् । चौधरी पूर्वसांसद तथा राजनीतिज्ञ नरेन्द्र चौधरीकी छोरी हुन् ।
पहिलो संविधान सभामा निर्वाचित भएकी थिईन् । उनले विधान लेखनमा समेत सक्रिय सहभागिता जनाएकी थिईन् । संविधानसभामा नेतृ चौधरीले संसदको सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति अन्तरगतको एउटा समितिमा सभापति भएर कार्य गरेकी थिइन् ।

प्रदेशसभामा नेतृ चौधरीलाई विषयगत ज्ञान भएकी स्पष्ट वक्ताका रुपमा परिचित छन् । चौधरी सांसदहरुको बजेट व्यवस्थापनमा समेत उत्कृष्ट भएकी थिइन् । नेतृ चौधरी पार्टीभित्र पनि लोकप्रिय नेतृका रुपमा परिचित छिन् । नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर पार्टीमा युवा सहभागीता जुटाउनकै लागि आफुले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताइन् ।

उनले भनिन्, ‘नेपाली कांग्रेस भित्र पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा मैले युवा सहभागिता, समावेशिता र गुटरहित राजनीति स्थापित गर्न आफ्नो उम्मेदवारी घोषणा गरेकी हुँ ।’ आउँदो निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने गरी काम गर्न पनि नयाँ पुस्ता नेतृत्वमा जानुपर्ने चौधरीको धारणा छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved