सुनसरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश १ की सांसद नवोदिता चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।
सुनसरी क्षेत्र नं। २ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने चौधरीले थारु कोटाबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिन लागेकी हुन् । चौधरी पूर्वसांसद तथा राजनीतिज्ञ नरेन्द्र चौधरीकी छोरी हुन् ।
पहिलो संविधान सभामा निर्वाचित भएकी थिईन् । उनले विधान लेखनमा समेत सक्रिय सहभागिता जनाएकी थिईन् । संविधानसभामा नेतृ चौधरीले संसदको सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति अन्तरगतको एउटा समितिमा सभापति भएर कार्य गरेकी थिइन् ।
प्रदेशसभामा नेतृ चौधरीलाई विषयगत ज्ञान भएकी स्पष्ट वक्ताका रुपमा परिचित छन् । चौधरी सांसदहरुको बजेट व्यवस्थापनमा समेत उत्कृष्ट भएकी थिइन् । नेतृ चौधरी पार्टीभित्र पनि लोकप्रिय नेतृका रुपमा परिचित छिन् । नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर पार्टीमा युवा सहभागीता जुटाउनकै लागि आफुले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताइन् ।
उनले भनिन्, ‘नेपाली कांग्रेस भित्र पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा मैले युवा सहभागिता, समावेशिता र गुटरहित राजनीति स्थापित गर्न आफ्नो उम्मेदवारी घोषणा गरेकी हुँ ।’ आउँदो निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने गरी काम गर्न पनि नयाँ पुस्ता नेतृत्वमा जानुपर्ने चौधरीको धारणा छ ।