समाचार

    Showing 9,441-9,450 of 10,062 items.
  • सुनसरी उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई

    धरान/  सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पौडेलले सुनसरीवासीहरुको साथ र सहयोग कहिल्यै नबिर्सने र हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले जिल्लावासीसंग सामिप्यता बढेको बताए । “सुशासन र सदाचारका कार्यहरुलाई मैले व्यवहारमा ल्याए, र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने नै छ” कार्यक्रममा पौडेलले भने । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले मन्तव्य र

    • प्रकाशित मितिः असार २५, २०७७
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीबाट आज थप ३ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना डिस्चार्ज भएका छन् । उनीहरु २० देखि  ४१   बर्ष  सम्मका व्यक्तिहरु झापाका   २   जना र सुनसरीका १ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.  निदेश सापकोटाले जानकारी दिए । महिला २ जना र पुरुष १ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १६, १७ र १९ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने २१४  जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १०,७९४   पिसि आर परिक्षण गरिएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७७
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

    विराटनगर २४ असार । प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरंगमा ३, झापामा ७ र सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ । प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रहरीलाई अधिकार सम्पन्न बनाउन जोड

    विराटनगर । प्रदेश प्रहरी सम्बन्धी सदनमा प्रस्तुत भएको विधेयकमाथिको छलफल सकिएको छ । यसमा उठेका प्रश्नमाथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिएका छन् । सदनमा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले प्रदेश प्रहरीको अधिकार संघीय सरकार नियन्त्रित र कन्जुस्याईं गरेर दिएको जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । नेकपाका सांसद कुलप्रसद साम्बाले प्रहरीको पारिश्रमिक कम भएको बताए । भने,“तालिमको विषयलाई पारदर्शी बनाइनु पर्छ । र विदेशमा समेत पठाइँदा आफन्त अनि आसेपासेभन्दा पनि क्षमता भएकालाई दिइनु पर्छ ।” नेकपाकी सांसद खिनुलङ्वा लिम्बूले प्रहरीको बालबच्चा र परिवार

    • प्रकाशित मितिः असार २४, २०७७
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २५५ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि , संक्रमितको संख्या १६ हजार ४ सय २३

    आज थप २५५ जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार ४ सय २३  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  २५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ७७५२  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २४, २०७७
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोपाईं गर्ने किसानलाई मलखाद दिन सांसदको माग

    विराटनगर । अहिले रोपाइँका बेला किसानले मलखाध र सिंचाईंको समस्या झेल्नु परेकोले त्यसको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । प्रदेश १ को प्रदेशसभाको आजको बैठकमा बोल्ने सांसदले किसानलाई राहत पुग्ने गरीका कार्यक्रम संचालन गर्न सांसदले माग गरेका हुन । नेपाली कांग्रेसकी सांसद कल्पना कुमारी सरदारले कृषि प्रधान देश भएपनि अहिले रोपाईंको बेला किसानले मलजल नपाउँदा कठिन भएको बताउँदै भनिन्,“सरकारले मल र सिंचाईंको व्यवस्था गर्नुपर्छ । सहकारीबाट ऋण लिनुपर्ने अवस्थाले किसानलाई समस्या छ ।” नेपाल कृषिप्रधान मुलुक भनिएपनि उनीहरुलाई सरकारले सहयोग नगर्दा संकट उत्पन्न हुने गरेको सरदा

    • प्रकाशित मितिः असार २४, २०७७
    • 713 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामानन्दाचार्य सेवापिठको होल्डिङ केन्द्रमा १ हजार भन्दा बढीले सेवा लिए

    चतरा । कोरोनाको जोखिमका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई राख्दै आएको सुनसरीको बराहक्षेत्रमा रहेको रामानन्दाचार्य सेवा पिठ होल्डिङ केन्द्रमा मंगलबार सम्ममा १ हजार १ सय ५० जना बसिसकेका छन् । बराहक्षेत्रको वडा नम्बर १ मा रहेको होल्डिङ केन्द्रमा नेपाली सेनाले सुरक्षा दिएको छ । विदेसवाट फर्किएका हरुलाई होल्डिङ केन्द्रमा राखी उनीहरुलाई आ–आफ्नो नगरमा पठाइने गरिएको छ । नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखि स्वाब परिक्षण पश्चात मात्रै घर जान दिइने व्यवस्था गरिएको छ । होल्डीङ केन्द्रमा राखिएकाहरुलाई प्रदेश सरकारको तर्फबाट नेपाली सेनाले नै व्यवस्था गरिदिने गरेको छ । उनीहरुलाई खाना, वस्

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,049 पटक पढिएको
    • "हिमाल राई"
  • केन्द्रिय प्रविधि क्याम्पसले खुलायो छात्रवृत्ति (लिंक सहित)

    धरान । केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ । क्याम्पसले असार २२ गते सुचना जारी गर्दै साउन ९ गते सम्म अनलाइन आवेदनका लागि आव्हान गरेको छ । स्नातक तथा स्नातकोत्तर तह अन्र्तगत कार्यक्रमको प्रत्येक वर्षमा अध्ययनरत १ जना जम्मा १८ जना विद्यार्थीहरुलाई १० हजारका दरले छात्रवृत्ति प्रदान गरिने जनाएको छ । विद्यार्थीहरुले आवश्यक कागजपत्र सहित अनलाईन आवेदन दिन सक्ने जनाएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहलमा छात्रवृत्ति वितरण गरिएको हो । युनियनले अघिल्लो वर्ष देखिनै गरिब तथा जेहेन्दार विद्यार्थीह

    • प्रकाशित मितिः असार २४, २०७७
    • 2,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी मा आवश्यक सामग्री वितरण

    धनकुटा/ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु गरिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणको लागि आवश्यक सामग्रीहरु खरिद गरेर वितरण गर्न शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले बताईन् । गाउँपालिकाको फुसको छाना रहित अभियानसँग जोडेर सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडी बढाएको गाउ

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,318 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • देशकै नमुना बन्दै इटहरी खानेपानी , १५ वर्षमा ११ करोड तिरेपछि ऋणमुक्त

     इटहरी । सुनसरीको इटहरीस्थित साना सहरी खानेपानी आयोजना संस्था देशकै नमुना संस्थाको रूपमा चिनिएको छ ।कोरोना भाइरसको कारण सिंगो मुलुक लकडाउन भइरकेको अवस्थामा खानेपानी आयोजनाले भने उपभोक्ताहरूलाइ २४ सै घण्टा पानी प्रदान गरेर सेवा दिएको थीयो । लकडाउनकै अवधीलाइ मध्यनजर गर्दै खानेपानीले चैत्र महिनाको अतिरिक्त शुल्क सबै मिनाहा गरेको थीयो । १८ हजार भन्दा बढी नगरवासीहरूलाइ शुद्ध र गुणस्तरीय खानेपानी बितरण गर्दै आएको यस आयोजनाले असार मसान्त सम्ममा ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लकडाउनको कारण सो परिमाणको राजस्व संकलन हुन नसकेको जनाएको छ । उपभोक्ताहरूको समस्यालाइ मध्यनजर गर्दै खानेपानीको

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,097 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved