केन्द्रिय प्रविधि क्याम्पसले खुलायो छात्रवृत्ति (लिंक सहित)

  • असार २४, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ ।

क्याम्पसले असार २२ गते सुचना जारी गर्दै साउन ९ गते सम्म अनलाइन आवेदनका लागि आव्हान गरेको छ । स्नातक तथा स्नातकोत्तर तह अन्र्तगत कार्यक्रमको प्रत्येक वर्षमा अध्ययनरत १ जना जम्मा १८ जना विद्यार्थीहरुलाई १० हजारका दरले छात्रवृत्ति प्रदान गरिने जनाएको छ । विद्यार्थीहरुले आवश्यक कागजपत्र सहित अनलाईन आवेदन दिन सक्ने जनाएको छ ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहलमा छात्रवृत्ति वितरण गरिएको हो । युनियनले अघिल्लो वर्ष देखिनै गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिनु पर्ने लगायतका मागहरु राख्दै आएको युनियनका सभापति सौरब सन्जेलले बताए । उनले क्याम्पस व्यवस्थापन समितीलाई धन्यबाद समेत व्यक्त गरेका छन् ।

आवेदनका लागि छात्रवृत्ति पाउँ भनि क्याम्पस प्रमुखलाई सम्बोधन गरि निवेदन, आर्थिक हैसियत खुल्ने वडा कार्यालयको सिफारिस र अन्तिम परिक्षाफलको मार्कसिट पेश गर्नु पर्नेछ ।

आवेदनका लागि तलको लिंकमा जानुहोला

https://docs.google.com/forms/d/e/1FAIpQLScCXHSgG_vIe9OwXKtRGLoP8qsxVjlzNaPcEs6LtjaZjelZoA/viewform?fbclid=IwAR1eZYX0TN_MVKMqR-ZgXG-gbIMdJr_NdAp3dL3XUFV6Ogc1NZ2qgdy8mmA

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved