प्रदेश १ मा १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

  • असार २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर २४ असार । प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरंगमा ३, झापामा ७ र सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।

प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय२७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved