रामानन्दाचार्य सेवापिठको होल्डिङ केन्द्रमा १ हजार भन्दा बढीले सेवा लिए

  • असार २४, २०७७
  • "हिमाल राई"
alt

चतरा । कोरोनाको जोखिमका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई राख्दै आएको सुनसरीको बराहक्षेत्रमा रहेको रामानन्दाचार्य सेवा पिठ होल्डिङ केन्द्रमा मंगलबार सम्ममा १ हजार १ सय ५० जना बसिसकेका छन् ।

बराहक्षेत्रको वडा नम्बर १ मा रहेको होल्डिङ केन्द्रमा नेपाली सेनाले सुरक्षा दिएको छ । विदेसवाट फर्किएका हरुलाई होल्डिङ केन्द्रमा राखी उनीहरुलाई आ–आफ्नो नगरमा पठाइने गरिएको छ । नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखि स्वाब परिक्षण पश्चात मात्रै घर जान दिइने व्यवस्था गरिएको छ ।

होल्डीङ केन्द्रमा राखिएकाहरुलाई प्रदेश सरकारको तर्फबाट नेपाली सेनाले नै व्यवस्था गरिदिने गरेको छ । उनीहरुलाई खाना, वस्न, पानी, सावुन, व्रस आवस्यक वस्तुहरू सेनाले दिने गरेको छ । संक्रमित भएका बिरामीहरु बाट अन्यलाई सर्न नदिन छुट्टा छुट्टै बस्ने व्यवस्था गरिएको छ भने महिला पुरुषको छुट्टै कोठाको समेत व्यवस्था गरिएको छ ।

नेपाली सेनाको दुई जना स्वास्थयकर्मीले सेवा दिएका छन । कोरोनाको लक्षण नदेखीएका व्यक्तीहरूलाई सम्वन्धीत गाउँ पालीका र नगर पालीकाको सिफारीस पत्रको आधारमा रेकर्ड राखी आफ्न्तहरूलाई बुझाउने गरिएको छ । केन्द्रमा झापा, ईलाम, मोरङ, पाँचथर र ताप्लेजुङका स्थानीयहरु बस्दै आएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार दुई सय वेडको प्रदेश र जिल्ला स्तरीय होल्डीङ केन्द्रको रूपमा सन्चालनमा आएको छ ।

केन्द्रमा रहेको ३वटा भवनमा सुविधा सम्पन १ सय ३२ कोठाहरू छन । ६० कोठा भएको भवनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूले प्रयोगमा ल्यायका छन । सुरक्षा र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई १ न. प्रदेस सरकारले दिएको छ ।

बराहक्षेत्र नगर पालीकाले तिन वटा सामुदायिक स्कुलहरुमा क्वारेन्टाइन बनाएको छ । महेन्द्र मा.वि, प्रकास मा.वि र वडा नम्बर ३ को महेन्द्र मा. वि लाई पनि क्वारेन्टाइनको रुपमा संचालन गरेको छ ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved