रोपाईं गर्ने किसानलाई मलखाद दिन सांसदको माग

  • असार २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । अहिले रोपाइँका बेला किसानले मलखाध र सिंचाईंको समस्या झेल्नु परेकोले त्यसको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ ।
प्रदेश १ को प्रदेशसभाको आजको बैठकमा बोल्ने सांसदले किसानलाई राहत पुग्ने गरीका कार्यक्रम संचालन गर्न सांसदले माग गरेका हुन ।

नेपाली कांग्रेसकी सांसद कल्पना कुमारी सरदारले कृषि प्रधान देश भएपनि अहिले रोपाईंको बेला किसानले मलजल नपाउँदा कठिन भएको बताउँदै भनिन्,“सरकारले मल र सिंचाईंको व्यवस्था गर्नुपर्छ । सहकारीबाट ऋण लिनुपर्ने अवस्थाले किसानलाई समस्या छ ।” नेपाल कृषिप्रधान मुलुक भनिएपनि उनीहरुलाई सरकारले सहयोग नगर्दा संकट उत्पन्न हुने गरेको सरदारले बताइन । सांसद सरदारले ऐलानी जग्गामा बस्ने सुकुम्बासीहरुलाई व्यवस्थित रुपमा बसोबासको प्रबन्ध गर्नपनि सरकारको ध्यानाकर्षण गरिन ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जग्गाको हदबन्दी व्यवहारिक नभएको भन्दै पहाडी क्षेत्रका दुई सय रोपनी कायम हुनुपर्ने भन्दै सरकारको ध्यानाकषण गरे । भने,“जग्गा हदबन्दी सम्बन्धी व्यवस्था व्यवहारिक छैन । पहाडी क्षेत्रमा धेरै जग्गा दर्ता हुन सकेको छैन । उब्जनीसमेत प्रभावित बन्न पुगेको छ ।” उलने उत्पादन बढाउने हो भने विदेशबाट रोजगारी गुमाएर फर्किएकाहरुलाई कृषिमा कसरी समावेश गर्ने भन्ने योजना बनाइनु पर्ने माग गरे ।

पहाडी क्षेत्रमा दर्ता नभएका जग्गा दर्ताको प्रक्रिया गर्नुपर्ने र स्रोत नभएका सडक निर्माणको काम संघीय सरकारबाट दायित्व लिन नहुने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरे ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved