धरान/ सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ ।
संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पौडेलले सुनसरीवासीहरुको साथ र सहयोग कहिल्यै नबिर्सने र हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले जिल्लावासीसंग सामिप्यता बढेको बताए ।
“सुशासन र सदाचारका कार्यहरुलाई मैले व्यवहारमा ल्याए, र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने नै छ” कार्यक्रममा पौडेलले भने ।
सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले मन्तव्य राखेको कार्यक्रम संघका महासचिव राजेश अग्रवालले सञ्चालन गरेका थिए ।