सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी मा आवश्यक सामग्री वितरण

  • असार २४, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु गरिएको छ ।

संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणको लागि आवश्यक सामग्रीहरु खरिद गरेर वितरण गर्न शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले बताईन् । गाउँपालिकाको फुसको छाना रहित अभियानसँग जोडेर सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडी बढाएको गाउँपालिकाले जनाएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत सो गाउँपालिकाको वडा नं. ७ मा २५ वटा र वडा नं. ८ मा २५ वटा आवास निर्माण भईरहेका छन् । आवास निर्माणको लागि संघीय सरकारले ५० हजार रुपैँया रकम उपलब्ध गराएको छ । पहिलो किस्ता वापत प्राप्त भएको ३० हजारले जस्तापाता ३२ एमएमको ३ बण्डिल, मगडा २४ फुट, काँटी ३ केजी, वासर ७ पोका खरिद गरेर वितरण गरिएको वडा नं. ८ का वडाध्यक्ष बिनय राईले बताए । आवास निर्माण कार्य अन्तिम चरणमा पुगेपछि बाँकी अन्तिम किस्ता भुक्तानी हुने वडाध्यक्ष राईले बताए । विगतका वर्षहरुमा संचालित जनता आवास कार्यक्रम धनकुटामा प्रभावकारी बन्दै गएको छ ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved