देशकै नमुना बन्दै इटहरी खानेपानी , १५ वर्षमा ११ करोड तिरेपछि ऋणमुक्त

  • असार २४, २०७७
  • "तेजबहादुर बन"
alt

 इटहरी । सुनसरीको इटहरीस्थित साना सहरी खानेपानी आयोजना संस्था देशकै नमुना संस्थाको रूपमा चिनिएको छ ।कोरोना भाइरसको कारण सिंगो मुलुक लकडाउन भइरकेको अवस्थामा खानेपानी आयोजनाले भने उपभोक्ताहरूलाइ २४ सै घण्टा पानी प्रदान गरेर सेवा दिएको थीयो ।

लकडाउनकै अवधीलाइ मध्यनजर गर्दै खानेपानीले चैत्र महिनाको अतिरिक्त शुल्क सबै मिनाहा गरेको थीयो ।

१८ हजार भन्दा बढी नगरवासीहरूलाइ शुद्ध र गुणस्तरीय खानेपानी बितरण गर्दै आएको यस आयोजनाले असार मसान्त सम्ममा ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा लकडाउनको कारण सो परिमाणको राजस्व संकलन हुन नसकेको जनाएको छ ।

उपभोक्ताहरूको समस्यालाइ मध्यनजर गर्दै खानेपानीको सेवालाइ थप प्रभावकारी बनाउन र तुरून्त समस्याको सामधानकालागि सदैव तत्पर रहेको खानेपानीका अध्यक्ष रामप्रशाद चौलागाइले बताए । यता गर्मियाम सुरू भएसंगै पानीको अभावलाइ मध्यनजर गर्दै र उपभोक्ताहरूको मागलाइ पनि चासो राख्दै २४ सै घण्टा शुद्ध खानेपानी बितरण गर्ने तर्फ खानेपानी संस्था लागिरहेको अध्यक्ष चौलागाइले बताए ।

भाकाको १० वर्ष अघि नै सबै ऋण चुक्ता गर्दै संस्था हालै ऋणमुक्त बनेको छ । २०६३ जेठदेखि दुई पटक गरेर संस्थाले लिएको ऋण सावा र ब्याज गरी झण्डै ११ करोड रुपैया तिरेपछि खानेपानी संस्था ऋणमुक्त भएको हो ।

उक्त संस्थाले गत २०६३ जेठमा ५ करोड ऋण लिएको थीयो । सो ऋण ६७ साल सम्म आइपुग्दा ७ करोड ५ लाख पुगेको थीयो ।

पछि पुन रकम अपुग भएपछि रू ३ करोड ५१ लाख थपीएर १० करोड नाघेको थीयो तर ऋणको भाका २०३० सम्म रहेकोमा दुवै ऋण यही असारमा तिरिएको साना सहरी खानेपानी आयोजनाका अध्यक्ष रामप्रशाद चौलागाइले बताए ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved