मोरङ । सर्पदेखि नडराउने को होला रु कसैले तपाइँलाई प्रश्न गर्यो भने तपाइँ सजिलै भन्नुहुन्छ, “सर्प देख्ने बित्तिकै सबै डराउँछन् ।” तर यो प्रश्नको जवाफ गलत हुन्छ । प्रेम विष्ट सर्पलाई प्रेम गर्छन् । प्रहरी सेवामा २१ वर्ष बिताएका प्रेमले तीन हजारभन्दा बढी गोमन र करेत सर्पको उद्धार गरी सुरक्षित स्थानमा छाडिसकेको बताउछन् । उनले सर्पजस्ता सरीसृप जीवको संरक्षण क्षेत्रको विकास गरेर राखिनुपर्ने बताए । सर्प मार्न हुँदैन भन्ने प्रेमले आफूले १० वर्षको उमेरदेखि सर्प समाउन थालेको स्मरण गर्छन् । सर्पको डसाइबाट मर्नेको सङ्ख्या धेरै छ । सर्पदंशको औषधि ‘एन्टी–स्नेक भेनम’ विषालु सर
विराटनगर । प्रदेश १ का नेकपा जिल्ला कमिटीले पार्टीको विषयमा सुझबुझ पूर्ण निर्णय गर्न र टुटफुटमा नजान नेतृत्वलाई आग्रह गरेका छन । नेकपा मोरङको विराटनगरस्थित कार्यालमा १४ वटै जिल्ला कमिटीको तर्फबाट आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपामा उत्पन्न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्न माग गरिएको छ । त्यस अवसरमा सहभागी जिल्लास्थित नेता तथा केन्द्रीय सदस्यले पार्टीको अभूतपूर्व एकतामा खलल ल्याउने काम किमार्थ ठिक नहुनेमा जोड दिए । नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढाउन माग गर्दै भने,“पार्टी एकताकै बलमा सरकार बनाउने जनादेश प्राप्त भएको हो । पार्ट
विराटनगर / प्रदेश १ मा आईतबार ५ जना संक्रमित थपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा स.क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।
विराटनगर । रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा पूण्य भट्टराई चयन भएका छन् । उनी होटल व्यवसायी हुन । रोटरीको १९ औं पदस्थापन कार्यक्रममार्फत उनले जिम्मेवारी सम्हालेका छन् । रोटरी क्लब आफ विराटनगर मिडटाउनमा ५२ जना सदस्य रहेका छन् । क्बलको भावि अध्यक्षमा जयकमल अग्रवाल चयन भएका छन । यसैगरी क्लबको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिव नविन भट्टराई, कोषाध्यक्षमा गिरिराज बस्नेत र निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा,केशरीचन्द बोथरा, नरेस वंशल छन् । यस्तै सदस्यहरूमा अश्विनी वंशल, निश्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल छन् ।
आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप १ जनाको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १३२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६५४७ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । चैत्र ११ गते घोषणा गरिएको लकडाउन पछि धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाट पुर्ण रुपमा बन्द रहेको थियो । लामो समय पछि शुक्रबार कृषकहरुले जबरजस्ती खसिबोका बिक्रि गर्न ल्याएका थिए तर खसि बोका खरिद बिक्रिका लागि ग्राहकहरु नआउँदा फिर्ता लानु पर्ने बाध्यतामा कृषकहरु रहेका छन् । पुर्वी पहाडी जिल्लाबाट आउने खसि बोकाको बजार नहुँदा कृषकहरु मारमा परेका छन् । लकडाउनको कारण धरान स्थित कृषि उपज बजार स्थलको शुक्रबारे हाटबजार संचालन नहुँदा खसि बोका बिक्रिमा समस्या भोग्नु परेको हो । खसि बोका बिक्रि गरेर गर्जो टार्नकै लागि खसि बोका धरान बजार ल्याए पछि भिडभाड बढ्दै गएका कारण बजार व्यवस्थापन समित
काठमाडौँ / विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको यस वर्षको कक्षा ११ को परिक्षा नहुने भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्षताको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को शुक्रबार बसेको बैठकले विद्यार्थीलाई आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाण पत्र दिने निर्णय गरेको छ । आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । गत बेशाख २६ गते देखि हुने भनिएको कक्षा ११ को परीक्षा कोरोना जोखिमका कारण कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरिएको थिय
धरान । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुलाई स्वदेशमै रोजगारी प्रदान गर्न वंगुरको पाठापाठी बितरण गरिएको छ । सामना नेपालले धरानका ७ जना महिलाहरुलाई वंगुरपालानमा प्रेरित गर्दै स्वदेशमा नै आत्मनिर्भर बनाउने उद्देश्यले वितरण गरेको जनाएको छ । सामना नेपालकी अध्यक्ष चेतना सेरेङका अनुसार प्रदेश १ को संसद विकास कोषबाट सांसद उमिता बराइलीको सहयोगमा वंगुरको पाठापाठी वितरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी सांसद बराइलीले विदेशबाट फर्किएका महिलाहरु पुनः विदेश नै जान नपर्ने वातावरण तयार गर्नुपर्ने बताइन् । उन्नत जातको वंगुरपालन गरेर सामुहिक रुपमा काम गर्न सके सफलता पाउने सांसद वराइलीले
धनकुटा/ धनकुटाको छथरजोरपाटी गाँउपालिकाले गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार कार्यक्रम अघि सारेको छ । खाँली खाल्सा तथा बाँझो जमिनको सदुपयोग गर्न यस चालु आर्थिक वर्षमा छथर जोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाई सरी आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिएको छ । गाँउपालिकाले एउटा लहिनो दुहुना गाई बराबर ६०÷६१ हजार पर्ने ९ वटा खरिद गरेर सो गाउँपालिकामा बसाई सरी आएका ९ घर परिवारलाई निःशुल्क वितरण गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले बताए । सो गाँउपालिका भित्र स्थायी रुपमा बसाई सरी आएको कम्तीमा तीन महिना भएका परिवारलाई दुहुन
धरान / कोभिड १९ को लकडाउनका बिच धरानमा आज शनिबार अन्तराष्ट्रिय सहकारी दिवस स्वास्थ मापदण्ड अपनाएर सुरक्षित तरीकाले मनाइएको छ । विशेष गरी धरान नगर सहकारी समन्वय समितीको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर नगर स्तरीय सहकारी भेला समेत एकैपटक सम्पन्न भएको छ । धरान नगर सहकारी समन्वय समिती र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट आउँदो साउनबाट धरान ९ मा समन्वय समितीको कार्यालय स्थापन गर्ने सहमती जुटेको छ । कोष नभएकाले कार्यलय संचालनका लागी जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले एकवर्षका लागी मासिक १ हजारको दरले सहयो