इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद बिघटनको घोषणा गरेपछि उत्पन्न हुने राजनीतिक द्वन्द र त्यसको परिस्थितीलाइ मध्यनजर गर्दै प्रदेश एकमा एकाएक सुरक्षा सतर्कता बढाइएको छ । संसद बिघटन संगै बिभिन्न जिल्लामा भइरहेको राजनीतिक आन्दोलन र नारा जुलुसले सुरक्षा स्थिति बिग्रन सक्ने संकेत पछि प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले सुरक्षा सतर्कता बढाएको हो । देशभर सुरक्षा स्थिती कडा बनाए संगै प्रहरी तथा तिनै तहका सुरक्षाकर्मिहरू हाइ अलर्टमा राखिएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बिशेष गरी प्रदेश एकको मुख्य जिल्लाहरूमा अहिले प्रहरी संख्
धरान । दुई वर्ष अघि देखि भुमाफियाको चलखेलमा फसेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको छात्रवास रहेको जग्गामा कर्मचारीको पनि मिलेमतो भएको आशंका गरिएको छ । मोही हक दाबी गरिएको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन १ वर्ष सम्म भुमिसुधार तथा मालपोत कार्यालयमा नपुगेको खुलासा भए पछि दुवै तर्फका कर्मचारीको मिलेमतोमा जग्गा हडप्ने प्रयास निरन्तर रहेको आशंका गरिएको हो । धरान ११ स्थित स्वस्तिक चौंकबाट उत्तर तर्फ जाने बाटोमा पर्ने छात्रावास रहेको जग्गामा एक वर्ष अघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाले मोहीहक दाबी गरेको जग्गाको जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरेर पठाउन धरान उपमहानगरपालिक
राष्ट्रिय जनमुक्ति पार्टी केराबारी गाउँ कार्यसमिति मोरङको २०७७ मंसिर ५ गते सम्पन्न दोस्रो अधिवेशन ले कौशिला लिम्बुको अध्यक्षतामा ११ सदस्यीय राजमुपा केराबारी गाउँ कार्यसमिति गठन गर्यो । यसरी नै उपाध्यक्षमा तारा लिम्बू, सचिबमा दिपा लिम्बू, सहसचिबमा दिल्लीराम लिम्बू, कोषाध्यक्षमा सर्मिला राई एवम सदस्यहरूमा भिम्का लिम्बू, बुद्धि बहादुर लिम्बू, ढाकामाया लिम्बू, माया खजुम लिम्बू, सरस्वती लिम्बू र शुक्रमाया लिम्बू रहेका छन । सोही अधिवेशनमा बम बहादुर इवाको अध्यक्षतामा राजमुपाको भातृ संगठन जनमुक्ति युवा महासंघ केराबारी गाउँ समिति को पनि गठन भएको थियो । महासंघको सचिबमा दिपा थेगिम लिम्बु एवम माया लिम्ब
विराटनगर । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति मोरङको आयोजनामा तीनपैनी चौकमा भेला भई कांग्रेस नेता तथा कार्यकर्ताले विरोध जुलुस प्रदर्शन गरेका हुन । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन संविधान विपरीत भएको कांग्रेसको ठहर छ । विरोध जुलुसको नेतृत्व मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बूले गरेका थिए । जुलुसमा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, सार्वजनिक लेखा समिति प्रदेश १ का सभापति शिवनारायण सिंह गन्गाई, प्रमुख सचेतक केदार कार्की लगायत नेता सहभागी थिए । सहभागीले प्रम केपी ओलीको विरो
विराटनगर । विराटनगर– १४ मा भएको आगलागीमा परी १२ वर्षीय बालकको मृत्यु भएको छ । घटनामा परिवारका अन्य दुई जना घाइते भएका छन । शनिबार मध्यरातमा आगो ताप्न बालेको घुरको आगो घरमा सल्कदा घटना भएको प्रहरीले जनाएको छ । घटनमा परी स्थानीय राजेशकुमार दासका १२ वर्षीय छोरा रविको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दासकी श्रीमती इन्दुदेवी, छोरी नन्दनी र कान्छा छोरा नविन पनि घाइते भएका छन् । उनीहरु सबैको कोसी अस्पताल विराटनगरमा उपचार भईरहेको छ । इलाका प्रहरी कार्यालय विराटनगर रानीका अनुसार सुतिरहेको अवस्थामा घरमा आगो फैलंदा जलेर बालकको मत्यु हुन पुगेको थियो । आगलागीबाट घरमा भएको धनमालसमेत जलेर
धरान/ यो समयकै लोकप्रिय कार्यक्रम जेफाले सिर्जना डबलीमा आख्यानकार चकेन्द्र राईको उपन्यास ट्रान्जिट उपन्यासको लोकार्पणसङ्गै अन्तरंग गरेको छ। विगत लामो समय देखी निकै लोकप्रिय रहेको "साहित्य र पर्यटन सङ्गसङ्गै "भन्ने नारा बोकेर सर्जकका सिर्जना वाचन गराउदै आईरहेको डबलीले पन्ध्रौ शृङ्खलामा धनकुटाका आख्यानकार चकेन्द्र राईद्वारा लिखित उपन्यासूट्रान्जिटूलाई सार्वजनिक गराउदै पाठकसामु प्रस्तुत गरेको हो । केराबारी गाउँ पालिका वडा नस्(का वडाध्यक्ष श्री प्रेम बहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेश अतिथी वरिष्ठ कबि श्री राज माङ्लाक, वरिष्ठ पत्रकार श्री सन्जय षन्तोसी राई, राईसङ्गै धनक
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६० जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ३, न्युरो अस्पतालबाट २ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार १२० पुगेको छ । प्रदेश १ मा आईतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बुढीगंगामा २, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेक
धरान । कोरोना महामारीका कराण लामो समय बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । करिब ९ महिना बन्द रहेको विद्यालयहरु स्थानीयतहले अनुमति दिए सँगै सञ्चालनमा आएका हुन् । कोरोना महामारीको जोखिम जारी रहदै पनि स्थानीयतहले विद्यालय सञ्चालन गर्न अनुमति दिएको भन्दै अभिभावकहरुले आपत्ति जनाइरहेका छन् भने विद्यालय सञ्चालनका लागि स्थानीय सरकारको सहयोग पाउन नसिकरहेको संचालकहरुले गुनासो गरेका छन् । हिमालयन मेघा कलेजका ऐकेडेमि डाइरेक्टर अर्जुन घिमिरेले भने ‘विद्यालय सञ्चालन गर्नको लागि जुन किसिमको साथ सहयोग स्थानीय सरकार बाट पाउनु पर्ने हो हामीले त्यो पाइरहेका छैनौं ।’ शुल्क निर्धारणको वि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुग्नुभएको छ । राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ । तर नेकपाकै अर्को पक्षले भने सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । संसद विघटनको सिफारिस सँगै आम जनमानसमाअब के हुन्छ भन्ने चासो बढेको छ । संविधानमा संसद विघटनसम्बन्धी प्रावधानबारे भने प्रष्ट खुलाइएको छैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ । संविधानको धारा ७६ को उपधारा ७ को
धरान । कृषिजन्य उत्पादनको बजारीकरणका लागि धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ । दैनिक उपभोग्य बस्तुहरु एकै स्थलमा पाईने सुविधा सहित धरान ७ को भौडी नजिकै कृषिउपज बजार संचालनमा आएको हो । करिव १० कठ्ठा जग्गामा ११ वर्षका लागि लिजमा लिएर व्यवसायी काजी गिरी, रुद्र न्यौपाने, दिल बहादुर राई र मुक्ति बन्धु अधिकारीले बजार शुरु गरेका हुन् । धरान आसपासका कृषकहरुलाई र विभिन्न ठाँउमा छरिएर रहेका व्यवसायीहरुलाई सिधै सम्पर्क गर्ने र उपभोक्ताहरुलाई शुलभ मुल्यमा सागसब्जी उपलब्ध गराउन बजार संचालनमा ल्याउने तयारी भएको संचालक काजी गिरीले बताए । बजारमा शौचालय, पार्किङ्ग, सुरक्षा गार्ड, सिसी