कोरोना त्रासमै विद्यालय संचालन :कोर्ष पुरा गर्न विद्यार्थी उत्साहित

  • पुष ५, २०७७
  • संजोगबाबु दाहाल
alt

धरान । कोरोना महामारीका कराण लामो समय बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । करिब ९ महिना बन्द रहेको विद्यालयहरु स्थानीयतहले अनुमति दिए सँगै सञ्चालनमा आएका हुन् ।

कोरोना महामारीको जोखिम जारी रहदै पनि स्थानीयतहले विद्यालय सञ्चालन गर्न अनुमति दिएको भन्दै अभिभावकहरुले आपत्ति जनाइरहेका छन् भने विद्यालय सञ्चालनका लागि स्थानीय सरकारको सहयोग पाउन नसिकरहेको संचालकहरुले गुनासो गरेका छन् ।

हिमालयन मेघा कलेजका ऐकेडेमि डाइरेक्टर अर्जुन घिमिरेले भने ‘विद्यालय सञ्चालन गर्नको लागि जुन किसिमको साथ सहयोग स्थानीय सरकार बाट पाउनु पर्ने हो हामीले त्यो पाइरहेका छैनौं ।’ शुल्क निर्धारणको विषयमा स्थानीय सरकारले अभिवाकहरुलाई हामी तपाईको साथमा छौं भनेर उचाल्ने काम गरिरहेको उनको गुनासो छ । उनले भने, ‘हाम्रो साथमा चै को छ त ? हामी काँहा जाने ? यस विषयमा गम्भिर ध्यान दिनुप¥यो ।’

घिमिरेले विद्यालयमा विद्यार्थीहरुको उपस्थित संख्या उत्साहजनक नै रहेको बताए । अभिभावकहरु सँग छलफल गरेर नै विद्यालय खोलिएकोले विद्यार्थीहरुको उपस्थिती बाक्लै रहेको उनको भनाई छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर तिन सिफ्टमा विद्यालयहरु संचालन भएको छ । विद्यालयमा सामाजिक दुरी, माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गरेका छन् । गेटमै विद्यार्थीहरुको तापक्रम नापेरमात्र कक्षाकोठामा प्रवेश गराएका छन् ।

धरान १५ स्थित हेबिस्कस स्कुलका प्रिन्सिपल गंगाराम कुलुङले कक्षा कोठालाई पूर्ण रुपमा सेनिटाइज गरेर स्वास्थ्य मापदण्ड पुरा गर्दै विद्यालय संचालन गरिएको बताए । उनले भने, ‘लामो समय विद्यालय बन्द रहँदा विद्यालयलाई आर्थिक भार परेको छ, विद्यार्थीहरुको पठनपाठन बन्द हुँदा समयमा कोर्स सक्न गाह्रो हुने भएको छ ।’ कोरोना त्रास कायमै रहेकाले विद्यार्थीहरुमा पहिला जस्तो उत्साह त्यती नभएको उनले बताए । उनले भने, ‘घरमा त्यसै बसाउनु भन्दा विद्यालय पठाउँ भनेर पठाए जस्तो बुझिएको छ ।’

यता विद्यार्थीहरु पनि त्रासै विद्यालय गएर अध्ययन गर्ने गरेको बताउछन् । हिमालयन माबिको कक्षा ९ मा अध्यनरत अस्मिता श्रेष्ठ भन्छिन्, ‘डर त अब अलि अलि हुनै भइनै हाल्यो तर पनि समयमै कोर्स सक्नु पर्ने बाध्यता छ, त्यसैले डराएर विद्यालय नै नआउनु भन्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सुरिक्षत भएर विद्यालय आइरहेको छौं ।’

पढाई समयमा पुरा गर्नु पर्ने भएकाले स्वास्थ्य मापदण्ड पुरा गरेर विद्यालय जाँदा त्यती असर नपर्ने छात्रा जेनिशा श्रेष्ठ बताउँछिन् । उनले भनिन्, ‘सबै ठाउँहरु प्रायः खुल्ला भइसके डराएर मात्रै पनि हुन्न समस्या त भइनै हाल्छ तर पनि अनाबश्यक त्रासले पनि मानसिक असर गर्छ ।’
यता धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवालले धेरै समस्याहरुका बाबजुद पनि समस्या समाधान गर्दै विद्यालय खोलिएको बताए ।

उनले भने ‘सरकारले निकालेको सिकाई सहजीकरण निर्देशिका अनुसार नगरपालिकाले विद्यालयहरु सँग प्रस्ताव मागेको थियो सोही अनुसार अहिले सम्म १ सय १० वटा विद्यालयहरुले प्रस्ताव पेश गरेका थिए सोही अनुसार नगरपालिकाको नगर प्रमुख स्तिरीय बैठकले विद्यालय खोल्ने निर्णय गरेर विद्यालयहरु सञ्चालनमा आएका छन् ।’

सामुदायिक विद्यालयहरुमा पुर्ण स्वास्थ्य मापदण्डको पालना नभएको गुनासाहरु पनि आइरहेकाले स्वास्थ्य मापदण्डहरु पुरा गरेको छन् कि छैन्न भनेर उपमहानगरपालिकाले अनुगमन पनि गरिरहेको उनले बताए ।

20201216_135152-01 scl

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved