महेन्द्र क्याम्पसको जग्गामा भुमाफियाको चलखेल ,जग्गा हडप्न सर्जमिन लुकाउने खेल

  • पुस ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दुई वर्ष अघि देखि भुमाफियाको चलखेलमा फसेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको छात्रवास रहेको जग्गामा कर्मचारीको पनि मिलेमतो भएको आशंका गरिएको छ ।

मोही हक दाबी गरिएको जग्गाको जोतभोगबारे गरिएको सर्जमिन १ वर्ष सम्म भुमिसुधार तथा मालपोत कार्यालयमा नपुगेको खुलासा भए पछि दुवै तर्फका कर्मचारीको मिलेमतोमा जग्गा हडप्ने प्रयास निरन्तर रहेको आशंका गरिएको हो ।

धरान ११ स्थित स्वस्तिक चौंकबाट उत्तर तर्फ जाने बाटोमा पर्ने छात्रावास रहेको जग्गामा एक वर्ष अघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाले मोहीहक दाबी गरेको जग्गाको जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जमिन मुचुल्का गरेर पठाउन धरान उपमहानगरपालिकालाई आग्रह गरेको थियो ।

उपमहानगरका न्यायिक समितीका नायब सुब्बा मदन खनालको तामेलीमा सर्जमिन मुचुल्का तयार गरिएको थियो । २०७६ पुष १६ गते स्थानीय जनप्रतिनिधी सहित स्थानीयहरुको रोहबरमा उठाइएको सर्जमिन मुचुल्का चलानी नम्बर ३६३३ बाट पुष १७ गते भुमिसुधार तथा मालपोत कार्यालयको नाममा पठाएको नगरपालिकाले जनाएको छ ।

तर १ वर्ष सम्म पनि मालपोत कार्यालयमा पुगेको दर्ता शाखामा भेटिन्दैन् । यसले पनि सर्जमिन मुचुल्का सम्बन्धित निकायमा नपु¥याई दुवै तर्फका कर्मचारीहरुको मिलेमतोमा मुद्धालाई झुलाएर हडप्न सघाउँ पु¥याउन खोजेको क्याम्पसका विद्यार्थीहरुको आरोप छ । दुवै तर्फका कर्मचारी बिच छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्नुपर्ने अखिलका जिल्ला सदस्य सुजन खत्री बताउँछन् । उनले भने, धरानबाट कहिले, कुन कुरियरबाट पठाएको हो, कुन कर्मचारीले पठाएको हो, त्यसको छानबिन हुनुप¥यो, मालपोतमा पनि कसले बुझेको हो, त्यसको छानबिन गरेर दोषि कर्मचारीलाई कारवाही गरिनुपर्छ ।’

लामो समय सम्म पनि जग्गाको मुद्धा बारे मालपोत कार्यालयबाट कुनै निर्णय नआए पछि क्याम्पस प्रशासन र विद्यार्थीहरुले मुद्दाबारे ताकेता गर्दा मिसिलमा महत्वपुर्ण प्रमाणको रुपमा रहेको सर्जमिन मुचुल्का नै नभएको पाएपछि मात्र यो रहस्य खुलेको हो । मुचुल्कामा मोहीहक दाबी गरेका व्यक्तिले लामो समय देखि भोगचलन नगरिएको पाइएको सर्जमिन भएको थियो । सर्जमिनको आधारमा भुमाफियाको चलखेल हुन नपाउँने भए पछि कर्मचारीहरुलाई प्रयोग गरिएको हुन सक्ने विद्यार्थीहरुको भनाई छ ।

२०३४ सालमा क्याम्पसले किनेको साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट किनेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मुल्य अहिले करोडौं रुपैया पर्छ ।
यज्ञबहादुरले बुबाको नाममा भएको मोही हक नामसारीको लागि २ बर्षअघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा निवेदन दर्ता गरेका थिए । उनको निवेदन परेपछि कार्यालयले २०७५ चैत २२ गते धरान उपमहानगरपालिकालाई पत्राचार गरेर जोतभोग कस्ले गरिरहेको छ भनेर सर्जनिम मुचुल्का गरि पठाइदिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार २०७६ पुष १६ गते सरोकारवाला एवं स्थानीयको उपस्थितिमा जोतभोगको सर्जमिन मुचुल्काको सक्कल नै हराएको हो ।

मुचुल्का हराएको जानकारी पाए पछि क्याम्पसले धरान उपमहानगरपालिकालाई पत्र काटेर सर्जमिन मुचुल्काको प्रतिलिपि माग गरे पछि मालपोतमा पठाएको पत्रबारे पनि खोजि गर्न थालेको छ । क्याम्पसले निवेदन दिए पछि उपमहानगरपालिकाले उपलब्ध गराएको सर्जमिन मुचुल्काको प्रतिलिपी मालपोत कार्यालयमा पुष ३ गते बुझाइएको छ । प्रतिलिपी बुझाए पनि ढिलाईको विषयमा छानबिन हुनुपर्ने क्याम्पसका प्रमुख दामोदर भण्डारी बताउँछन् ।

धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले क्याम्पसको पत्र आएपछि सर्जमिन मुचुल्काको प्रतिलिपि उपलब्ध गराएको जानकारी दिए । साथै, उनले मुचुल्काको सक्कल प्रति कहाँ गयो भनेर आवश्यक छानबिन भइरहेको पनि बताए ।

‘मेरो डान्स युनिभर्स ...

 धरान । धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट ...

तरहराको जंगलमा आलु ...

विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठ ...

धरानमा श्रमदानको नाम ...

धरान । धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै ...

एसईईको परीक्षाफल असा ...

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved