जेफालेको फेदिमामा “ट्रान्जिट”को लोकार्पण

  • पुस ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ यो समयकै लोकप्रिय कार्यक्रम जेफाले सिर्जना डबलीमा आख्यानकार चकेन्द्र राईको उपन्यास ट्रान्जिट उपन्यासको लोकार्पणसङ्गै अन्तरंग गरेको छ।

विगत लामो समय देखी निकै लोकप्रिय रहेको "साहित्य र पर्यटन सङ्गसङ्गै "भन्ने नारा बोकेर सर्जकका सिर्जना वाचन गराउदै आईरहेको डबलीले पन्ध्रौ शृङ्खलामा धनकुटाका आख्यानकार चकेन्द्र राईद्वारा लिखित उपन्यासूट्रान्जिटूलाई सार्वजनिक गराउदै पाठकसामु प्रस्तुत गरेको हो ।

केराबारी गाउँ पालिका वडा नस्(का वडाध्यक्ष श्री प्रेम बहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेश अतिथी वरिष्ठ कबि श्री राज माङ्लाक, वरिष्ठ पत्रकार श्री सन्जय षन्तोसी राई, राईसङ्गै धनकुटा, मोरङ,पाचथर जिल्लाका साहित्य पारखीहरुको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष प्रेम बहादुर लिम्बुले लेखकलाई शुभकामना सहित आफ्नो कार्यकालभरी साहित्य क्षेत्रमा आफुले सकेसम्मको सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे। कवि राज माङ्लाक, सन्जय सन्तोषी राईले आफ्नो भनाई राख्दै लेखक राईलाई शुभकामना दिएका थिए। भने गजलकार घायल ठुलेज्युले गजल वाचन गरे भने कवि रमेशचन्द्र अधिकारीले कविता वाचन गर्न सम्म भ्याए भने गायक राजेन्द्र महरा ज्युले आफ्नै गीत ूजता हेरे पनि हजुर, पुर्वै रमाईलोूबोलको गीत हलमा उपस्थित दर्शकहरु माझ गाएका थिए।

प्रायस् लेखकले आफ्नो पुस्तक विमोचन ठुल्ठुला सहरमा गर्छन तपाईले किन जेफाले नै रोज्नु भयोरु भन्ने प्रश्नमा लेखक राई भने "जेफाले "सिर्जना डबलीले साहित्य सगंसगै पर्यटन भन्ने नाराले आफुलाई खुब छोएको र आफैमा यो जेफाले सुन्दर पर्यटकिय क्षेत्र भएको र साहित्य एक जमातलाई संगै बोकेर हिडेको, देश विदेशसम्म जेफालेलाई परिचित गराउने उद्देश्यले आफ्नो पुस्तक मैले "जेफाले सिर्जना डबलीूमार्फत गर्ने बिचार गरेको हु।" राईले आफुले पराई भुमिमा भोग्नु परेको पीडाहरुको समेत उल्लेख गरेका छन् ।

जेफाले सिर्जना डबलीका परिकल्पनाकार तथा सन्चालक युवराज ठकुरी ज्युले कार्यक्रम सन्चालन गर्नु भएको थिए भने कार्यक्रममा सभाध्यक्ष केराबारी साहित्य कला केन्द्र प्रतिष्ठानका अध्यक्ष श्री नबिन थापा क्षेत्री ज्युले गर्नु भएको थियो।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved