ट्रक र स्कुटर ठोक्किँदा आगलागी दुवै जलेर नष्ट

  • कार्तिक २०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

सिन्धुली/  सिन्धुलीमा ट्रक र स्कुटर एकआपसमा ठोक्किएपछि भएको आगलागीमा दुवै सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्घटनामा स्कुटरमा सवार श्रीमान्–श्रीमती घाइते भएका छन्।

शुक्रबार बिहान करिब ८ बजे कमलामाई नगरपालिका–८ स्थित करकरे सिन्धुरेपुलमा काठमाडौंबाट भीमानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको १२७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। स्कुटरको नम्बर प्लेटको अक्षर भने खुल्न सकेको छैन।

दुर्घटनापछि आगलागी हुँदा ट्रक र स्कुटर दुवै पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दुर्घटनामा स्कुटर चालक कमलामाई नगरपालिका–१३ रानीबासकी ३४ वर्षीया सृजना अधिकारी र पछाडि सवार उनका श्रीमान् ४४ वर्षीय हेमराज बख्रेल घाइते भएका हुन्।

अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ। बख्रेलको अनुहारमा चोट लागेको र उनी बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। दुर्घटनापछि आगलागी हुनुको कारण भने खुल्न सकेको छैन।

धरानमा तेस्रो महिला ...

धरान/  खेलकुदमा प्रतिभा भएर पनि अवसरबाट वञ्चित महि ...

अन्तर्राष्ट्रिय तेक् ...

धरान/ धरान १६ मा  अवस्थित युएन नवोदय कलेजकी छ ...

इनरुवामा भन्सार छली ...

धरान/  सुनसरीको इनरुवामा भन्सार छली गरी ल्याउ ...

स्कुल बसको ठक्करपछि ...

झापा/ झापाको कमल गाउँपालिकामा स्कुल बसको ठक्करबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved