विराटनगर । विराटनगर– १४ मा भएको आगलागीमा परी १२ वर्षीय बालकको मृत्यु भएको छ । घटनामा परिवारका अन्य दुई जना घाइते भएका छन ।
शनिबार मध्यरातमा आगो ताप्न बालेको घुरको आगो घरमा सल्कदा घटना भएको प्रहरीले जनाएको छ । घटनमा परी स्थानीय राजेशकुमार दासका १२ वर्षीय छोरा रविको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा दासकी श्रीमती इन्दुदेवी, छोरी नन्दनी र कान्छा छोरा नविन पनि घाइते भएका छन् । उनीहरु सबैको कोसी अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
इलाका प्रहरी कार्यालय विराटनगर रानीका अनुसार सुतिरहेको अवस्थामा घरमा आगो फैलंदा जलेर बालकको मत्यु हुन पुगेको थियो । आगलागीबाट घरमा भएको धनमालसमेत जलेर नष्ट भएको प्रहरीको भनाई छ ।