समाचार

    Showing 7,951-7,960 of 10,049 items.
  • कुचोको मूल्य बढेपछि किसान हर्षित

    इलाम/ अघिल्ला वर्षहरूमा माईजोगमाई गाउँपालिकाको प्याङका श्याम थेबेका कुचो पनि नबिक्दा मक्किएरै खेर गए । गत वर्ष नबिकेकै कारण यस वर्ष कुचो नथुत्ने योजनामा रहेका थेबेले यस वर्ष मूल्य आएसँगै बगानका सबै कुचो थुतिसकेका छन् । माईजोगमाई गाउँपालिकाको सोयाङका सुमन बेघाले आफ्नो अम्लिसो बगानमा खेताला लगाएर कुचो निकाले । गत वर्षकोे तुलनामा कुचोको मूल्य बढेपछि उनले खेताला लगाएर कुचो निकालेका हुन् । थेबे र बेघामात्र होइन, कुचोको भाउ बढेपछि जिल्लाका किसानहरू हर्षित बनेका छन् । विगतका वर्षहरूमा प्रतिकिलो ३० देखि ४० रूपैयाँसम्म गाउँघरमा किनबेच हुने कुचो यस वर्ष प्रतिमन ५ हजारदेखि ५ हजार ५ सय रूपैयाँसम्म

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 1,094 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अलैँची र चिया निकासी बढ्यो, अदुवा स्थिर

    इलाम । चालू आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपज निकासीमा सुधार देखिएको छ ।निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो । नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालू आवको यस अवधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेख्य सुधार देखिएको हो । गत वर्षको तुलनामा चालू वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार रुपियाँ बराबरको निकासी भएको थियोे भने यस वर्ष ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार रुपिय

    • प्रकाशित मितिः माघ २३, २०७७
    • 1,376 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्यमशील सहकारीको धरान ५ मा पहिलो सदस्य सेवा केन्द्र सुरु, पहिलो दिन ४ लाखभन्दा बढी शेयर रकम जम्मा

    धरान: धरान १० सैनिक चोकमा रहेको उद्यमशील बचत तथा ऋण सहकारी सस्था लि।ले आफ्नो पहिलो सदस्य सेवा केन्द्रको आज उद्घाटन गरेको छ ।आजबाट औपचारिक रुपले धरान ५ को देउरालीमा सदस्य सेवा केन्द्रको उद्घाटन भएको हो । उक्त सेवा केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका धरान ५ का वडाध्यक्ष सन्तोष लिम्बुले रीबन काटेर गरेका हुन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष लिम्बुले सहकारीमा सबैले खाता खोलेर सेवा लिन सम्पुर्ण ५ नम्बर वडावासिलाई आग्रह गरेका छन् । उनले ५ नं। वडावासिलाई व्यवस्थित तरीकाले सहकारीमा आवद्ध भएमा भविश्यमा आइपर्ने आर्थिक समस्याहरु सहज हुने बताएका छन् । वडा नं।५ को सबै संघ संस्थाहरुलाई शान्ति सु

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 1,692 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल बङ्गलादेश बैंकको नयाँ योजना : एउटै खातामा दुईवटा सुविधा

    धरान । नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजत प्राप्त नेपाल बङ्गलादेश(एनबी) बैंकले एउटै खाताबाट दुईवटा सुविधा पाउने गरि डिसी कार्ड योजना ल्याएको छ । बैकले विभिन्न पेशमा कार्यरत व्यक्तिहरुको व्यक्तिगत आवश्यकता पुरा गर्न यो योजना ल्याइएको बैकंले जनाएको छ । बैंकको सागुरीगढीं शाखा (भेडेटार) शाखाका प्रबन्धक विनम श्रेष्ठका अनुसार योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने छन् ।उनका अनुसार यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउनेछन् । साथै सीमा बाहेकको रकम उक्त खातामा जम्मा गर्दा उक्त रकममा बचत खाताको ब्याज पनि प्राप्त गर्न सक्न

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 1,652 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान जेसीस वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी

    धरान/ धरान जेसीसको शाखा अधिवेशनबाट वर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी निर्वाचित भएका छन् । ३७ औं अधिवेशनबाट बुधबार वर्ष २०२१को अध्यक्षमा सर्वसमतरुपमा मणिराज अधिकारी निर्वाचित भएका छन् भने कार्यकारिणी उपाध्यक्षमा पदमा राजु शाह ,खेमकला काम्बाङ (आयुष्मा) निर्वाचित भएका छन् । त्यस्तै वर्ष २०२१कै लागि उपाध्यक्ष पदमा अनिल श्रेष्ठ, इन्द्र कार्की, रिमा थापा मगर र ऋषीराम भट्टराई निर्वाचित भएका छन् । बुधबार धरान २ स्थित जेसीस भवनमा सम्पन्न ३७ औ अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रमको सभापति धरान जेसीज वर्ष २०२०का अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२१ का उपाध्यक्ष दिपेन्द्र निरौलाले गरेका थिए भने का

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रमोद खरेल इटहरी आउने

    सुनसरी÷ गायक प्रमोद खरेल फरक किसिमको साङ्गीतिक कार्यक्रममा सहभागी हुन शुक्रबार साँझ इटहरी आउने भएका छन् । अ स्टोरी अफ योङ हर्टको आयोजनामा हुने कार्यक्रममा गायक खरेलले आफ्नो जीवनकथासँगै गीत पनि सुनाउने आयोजक समितिका प्रबन्ध निर्देशक सुजन घिमिरेले जनाए । कार्यक्रममा खरेलले आप्mना दर्जनभन्दा बढी गीतहरू पस्किने कार्यक्रम छ । झन्डै एक वर्षअघि योजना बनेको भए पनि बन्दाबन्दीका कारण कार्यक्रम हुन नसकेको घिमिरेले सुनाए । सफल व्यक्तित्वहरूका कथा सुनाउँदा युवामा सकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले युवालाई लक्षित गरेर कार्यक्रम सुरु गरिएको आयोजक संस्थाले जनाएको छ । शुक्रबारको कार्यक्रममा डाइनामि

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 1,605 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाध्यक्षले दादागिरी देखाएको आरोप

    इटहरी/ साहित्यकार तथा कलाकर्मीहरूको संगम स्थल काव्यवाटिकालाई संरक्षण गर्ने विषयमा बुधबार यहाँ छलफल भएकोे छ । काव्यवाटिकाको क्षेत्रभित्र वडा कार्यालयको भवन बनाउने समाचार बाहिरिएपछि साहित्यकार तथा कलाकर्मीहरूले विरोध जनाइरहेका छन् । इटहरी–५ मा करीब तीन बिघा जमिनमा फैलिएको काव्यवाटिकालाई कलासँगै सम्बन्धित सरोकारवालाहरूले संरक्षण गर्नुपर्ने छलफलले जोड दिएको छ । व्यवस्थापनको अभावमा लथालिङ्ग भएको मौका छोपेर आफ्नो स्वार्थ पूरा गर्न सो क्षेत्रभित्र वडा कार्यालय बनाउन केही जनप्रतिनिधिहरू सक्रिय भएको बताउँदै अधिकांश वक्ताहरूले यो षड्यन्त्र सफल हुन नदिने धारणा राखेका थिए ।

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशमा संसद् अवरुद्ध गर्ने सत्ता पक्षको तयारी

    बिराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी थालिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी यही माघ २५ गते बैठक बोलाएको छ । बैठकमा अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी भएको हो, तर मुख्यमन्त्री राई पक्षका नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले निलम्बन गरिएका १६ जना सांसद्लाई बैठकमा सहभागी गराइए बैठक अवरुद्ध गर्ने बताएका छन् । माघ ७ गते सुरु भएको प्रदेश १ संसद्को हिउँदे अधिवेशन जम्मा ३ मिनेट चल्यो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए 

    • प्रकाशित मितिः माघ २२, २०७७
    • 835 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कन्यामभन्दा कम छैन पानीटार

    इलाम: देशकै प्रमुख पर्यटकीय स्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट मात्र होइन, भारत र भुटानबाट समेत पर्यटकहरू आउँछन् । मनोरम चियाबारीमा सेल्फी लिनकै लागि कन्याममा भीड लाग्छ । तीन वर्ष अघिसम्म कन्याम नै इलामको एकमात्र प्रख्यात चियाबारी भनेर चिनिन्थ्यो । सुगम क्षेत्र र सडक भएकोले जो कोहीको मन कन्याममा तानिन्थ्यो । अहिले भने कन्यामझैं चियाबगानका कारण उत्तिकैै प्रख्यात बनेको छ, देउमाई नगरपालिकामा पर्ने पानीटार । तीन वर्षसम्म पानीटारबारे अधिकांश जिल्लावासीलाई नै थाहा थिएन । चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तुमात्र बु

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 1,500 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानको नगरसभा फागुन १० मा हुने

    धरान÷  धरान उमनपा कार्यपालिकाको सोमबार बसेको बैठकले नौवटा व्यवस्थापन तथा कार्यविधि स्वीकृत गरेको छ । बैठकले आगामी फागुन १० गते नगर सभाको बैठक बस्ने निर्णय गरेको छ । बैठकले मेलमिलाप र कुकुर व्यवस्थापन कार्यविधि, नगरसभाको मिति तोक्ने मापदण्ड, वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्ने, खानेपानी मुहान उपयोग, निर्माण सामग्रीको दर, उपभोक्ता समितिको प्रतिशत र खरिद गुरुयोजना सम्बन्धमा प्रस्ताव स्वीकृत गरेको हो । न्यायिक समितिले प्रचलित कानुनबमोजिम उजुरीको कारवाही र किनारा गर्दा मेलमिलापकर्तालाई व्यवस्थित गर्न अपनाउनुपर्ने कार्यविधि स्वीकृत भएको छ । उमनपाभित्र स्वच्छ र सफा वातावरण कायम गर्

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved