धरान । सुनसरीको सिमानामा केही दिन अघि भएको सशस्त्र प्रहरी सँगको मुठभेटमा घाइते भएका हरिनगरा गाउँपालिका ७ का साहवाज मियाँको मृत्यु भएको छ । गत साउन २ गते सशस्त्र प्रहरी सँग भएको झडपमा मियाँलाई गोलि लागि घाइते भएका थिए । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहिबार मृत्यु भएको हो । हरिनगरा गाउँपालिका ७ घुस्की स्थित दशगजामा साउन २ गते अवैध रुपमा सामान ल्याउँदै गरेको समयमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी सँग झडप भएको थियो । सशस्त्रको हतियार खोस्न खोज्दा मियाँलाई पेटमा गोलि लागेको थियो । मियाँको मृत्यु भए पछि स्थानीय आन्दोलित बनेका थिए । विहिबार उनको मृत्यु भ
काठमाडौँ / बुधबार थप १४७ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगञ्ज- ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो। नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५६जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० जना रहेका छन् । नेपालमा हालसम
धनकुटा / धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पूष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष र छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । संक्रमित दुबै जना गत आईतबार बिदेशबाट आएका हुन् । छथर जोरपाटी–२ का संक्रमित बहराईनबाट र छथर जोरपाटी–३ का संक्रमित साउदीबाट आएको छथर जोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोलले बताए । उनीहरु जोरपाट
धनकुटा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसर पारेर ७ हजार भन्दा बढी वृक्षरोपण गरेको छ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको ४२ औं स्मृति दिवसको स्मरण गर्दै जिल्लाका सातै पालिकाहरुमा पार्टीको निर्देशन अनुसार ७ हजार ५ सय विभिन्न प्रजातिका बिरुवाहरु वृक्षरोपण गरिएको छ । समाजवाद र कमरेड पुष्पलाल विषयक अन्तरक्रिया कार्यक्रम सहित जिल्लाको सातै तहमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम अन्तरगत चौबिसे गाउँपालिकामा ८ सय, साँगुरीगढी गाउँपालिकामा ५ सय, सहिदभूमि गाउँपालिकामा एक हजार ५ सय र छथर जोरपाटी गाउँ
बेलका / उदयपुर बेलका नगरपालिकाकी उपमेयर जकुमारी चौधरीले बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिने घोषणा गरेकी छिन् । २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा त्तकालीन एमाले पार्टि बाट निर्वाचित भएकी उनले यस्तो घोष्णा गरेकी हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्यन हँदैन धिक्कार छ दुई तिहाई सरकार ’ स्ट्याटस लेखेकी छिन् । तर उनले किन के कारणले यस्तो लेखिन भन्ने खुलाएकी छैन । उनको यो घोषणाले यती बेला निकै चार्चा पाएको छ ।
धरान / कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण आन्तरिक राजस्व संकलनमा पनि कमी आएको छ । धरान स्थित आन्तरिक राजस्व कार्यालयले अघिल्लो वर्षको तुलनामा वृद्धि गरे पनि आर्थिक वर्ष २०७६÷७८ को लक्ष्य भेट्न सकेन् । धरान स्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७६/७७ को २० दशमलव ६७ प्रतिशतले लक्ष्य भेट्न नसके पनि अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले राजस्व संकलनमा वृद्धि गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ७० करोड ६० लाख २६ हजारको लक्ष्य लिएको थियो । जस मध्ये ४ अर्ब ५२ करोड ६६ लाख ८२ हजार रुपैया (७९ दशमलव ३३ प्रतिशत ) मा
इटहरी / इटहरी जेसिजले बुधबार ३२ औ बार्षिकोत्सवकाे अवसर पारेर इटहरीकाे बिपिचाैकमा रोपिएको बिरुवालाइ गमलामा राखेर फोहोर ब्यबस्थापन को लागि डस्टबिन राखिदिएको छ । सभा सम्मेलन तथा केक काटेर वार्षिकाेत्सव मनाउने परम्परालाइ ताेडदै सामाजिक काम गरेर पनि वार्षिकाेत्सव मनाउन सकिन्छ भन्ने उदाहरण दिएको छ । इटहरी जेशिजका अध्यक्ष माधब भट्टराईकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा इटहरीकाे बिपि चाैकमा साना तथा ठुला गरी ६० वटा गमलामा बिरूवा राेपेर राखिएकाे छ भने स्टेन सहितका १५ वटा डस्टविन राखिएकाे छ । कार्यक्रम इटहरी उपमहानगर वार्ड नं ६ का वडाध्यक्ष दिपक गाैतमकाे प्रमुख अतिथिमा सम्पन्न भएकाे थियाे । कार्
इटहरी / आगामि ३ वर्ष भित्र सुन्दर पर्यटकिय स्थल बनाउने योजना अघि सारिएको क्षेत्रमा नगरपालिकाले डम्पीङ साईड बनाए पछि स्थानीयहरु आन्दोलित बनेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिकाको वडा नम्बर ४ मा रहेको बडहरामा पर्यटकिय स्थल बनाउने भनेर स्थानीयको हस्ताक्षर समेत संकलन भइसकेको अवश्थामा नगरपालिकाले फोहोरमैला डम्पिङ गर्न थाले पछि स्थानीयहरु आक्रोशित भएका हुन् । गाउँका अगुवा तथा नेताहरू सहित स्थानीयले नगरपालिकाको गछिया खोलाको किनारमा पर्यटकिय स्थल बनाउने योजना बनाएका थिए । तर नगरपालिकाले डम्पिङ साईड बनाए पनि स्थानीयहरु आन्दोलित भएका हुन् । पर्यटकिय क्षेत्र बनाउँनका लागि करिब अढाई सय स्थानीयको हस
विराटनगर । झापामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भद्रपुर नगरपालिका वडा नम्बर २ को महारानीझोडाका ५० वर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ ।गजमेर दिउँसो खोलाको किनारामा मृत फेला परेका हुन । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको कानुनी प्रकृया पुरा गरी शव परीक्षणको लागि मेची अस्पताल भद्रपुर पठाएको छ र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उता,झापाकै बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७ मा पहिरोमा पुरिएर मंगलवार राति १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको छ । ७७ वर्षीया तिलमाया बराईली, २१ वार्षीया कल्पना बराईली र १९ वर्षीया पृष्टि
काठमाडौँ / बुधबार थप १०० जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय चिनियाँ महिला र जनकपुर नगरपालिका बस्ने कोरोना भाइरस संक्रमित एक पुरुष रहेका छन् । नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार