अलैँची र चिया निकासी बढ्यो, अदुवा स्थिर

  • माघ २३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

इलाम । चालू आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि कात्तिकसम्ममा कृषि उपज निकासीमा सुधार देखिएको छ ।
निकासी तथा प्रवद्र्धन बोर्डका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ को तुलनामा भन्दा यस वर्ष परिमाण र आम्दानी दुवैमा सुधार आएको हो ।

नेपालबाट कृषिजन्य वस्तु अलैँची र चिया भारतसहित तेस्रो मुलुकमा निकासी हुन्छ । चालू आवको यस अवधिमा अलैँचीको निकासी तथा आम्दानीमा उल्लेख्य सुधार देखिएको हो ।

गत वर्षको तुलनामा चालू वर्षमा पनि अलैँचीका भाउमा सुधार आएकाले पनि आम्दानी बढेको हो । गत वर्षमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार रुपियाँ बराबरको निकासी भएको थियोे भने यस वर्ष ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार रुपियाँ बराबरको निकासी भएको तथ्याङ्कमा उल्लेख छ ।

गत आवको साउनदेखि पुससम्ममा ३१ लाख ३२ हजार ८३७ किलो अलैँची निकासी भएकामा यस आवमा ४७ लाख ७५ हजार ९८३ केजी निर्यात भएको छ । गत वर्ष २५ हजार रुपिया हाराहारीमा प्रतिमन (एक मनमा ४० केजी) हुँदा यस वर्ष ३१ हजार रुपियाँ हाराहारी मूल्यसम्ममा किसानले अलैँची बेचेका थिए । व्यवसायीका अनुसार यस वर्ष कोरोनाका कारण किसानले चाँडै अलैँची बेचेकाले पनि मूल्य बढेको हो ।

व्यवसायी मातृका घिमिरेका अनुसार अलैँचीको वास्तविक भाउ किसानले बुझेकाले पनि निकासी चाँडै गरेका हुन् । कुनै बेला प्रतिमन १ लाख रुपियाँ पुगेको अलैँचीको मूल्य अझै पनि किसानमा त्यो धङ्धङी रहिआएको छ । केही किसानले अब त्यो किसिमको भाउ नआउने बुझेकाले पनि कम समय भण्डारण गरेर अलैँची बजार पु¥याएको उनको भनाइ छ । यस वर्ष साउन–पुसको समयमा अलैँचीको निकासीमा सुधार भएर नेपालबाट निर्यात हुने तेस्रो प्रमुख वस्तुमा परेको छ ।

समग्र निकासी बजारको ६ दशमलव २८ प्रतिशत हिस्सा अलैँचीले ओगटेको तथ्याङ्कले देखाउँछ । यसपटक कृषिजन्य अर्को वस्तु चियालाई उछिन्दै अलैँचीमाथि उक्लिएको हो । यस अवधिमा चियामा पनि सुधार देखिएको छ । चियाको अन्तिम सिजनको चिया निकासी अवधि भएकाले पनि निर्यातमा अपेक्षाकृत सुधार देखिएको हो ।

यस आवको साउनदेखि पुससम्ममा गएको वर्षको यसै समयको तुलनामा ५१ दशमलव ६ प्रतिशतले आम्दानीमा सुधार भएको छ । कफी तथा चिया विकास बोर्डको तथ्याङ्कअनुसार गत वर्ष अलैँचीबाट १ अर्ब ६५ करोड, ६९ लाख ६८ हजार रुपियाँ बराबरको आय भएको छ भने यस आवमा २ अर्ब ७७ करोड ५३ लाख ९७ लाख रुपियाँ बराबरको आय नेपालमा भित्रिएको देखिन्छ ।

गत वर्षको साउनदेखि पुसमा ६७ लाख २२ हजार १९० किलो चिया निकासी भएको उल्लेख छ भने यस वर्ष बढेर ८७ लाख ८५ हजार ७२३ किलो निकासी भएको तथ्याङ्कमा देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष ६७ दशमलव ५० प्रतिशत निकासी मूल्य बढेको देखिन्छ । गत वर्षभन्दा यस वर्ष नेपाली चियाले अब्बल मूल्य पाएको देखिन्छ ।

पछिल्लो समय तेस्रो मुलुकमा चिया निकासी बढेकाले पनि चियाको मूल्य बढेको सरोकारवालाको भनाइ छ । चियाको ठूलो बजार भारत भए पनि कतिपय व्यवसायीले तेस्रो मुलुक चिया पु¥याउने गरेका छन् ।

भारतको तुलनामा तेस्रो मुलुकमा चियाको मूल्य बढिरहेकाले नेपाल भित्रिने आयमा वृद्धि भएको हुनसक्ने केन्द्रीय चिया सहकारी सङ्घकाा महासचिव रविन राई बताउनुहुन्छ । चियाले समग्र निकासी हुने वस्तुमध्ये सातौं बढी निकासी हुने वस्तुमा परेको छ ।

यसले निकासीको ४ दशमलव ५६ प्रतिशत हिस्सा ओगटेको केन्द्रको तथ्याङ्कले देखाउँछ । यस्तै नेपालबाट उल्लेखनीय निकासी हुने कृषिजन्य वस्तुमा पर्छ, अदुवा । यसपटक अदुवामा सुक्ष्मरूपमा मात्र सुधार देखिएको छ । गत आवको यो अवधिमा २८ करोड ५६ लाख ४ हजार रुपियाँ आम्दानी भित्रिएको अदुवाले यस आवको अहिलेसम्ममा २९ करोड ५१ लाख ५७ लाख रुपियाँ बराबरको आम्दानी भित्रिएको देखिन्छ ।

गत वर्षको साउन देखि पुसमा ४९ लाख ९६ हजार ३५२ केजी अदुवा निकासी भएकोमा यस आर्थिक वर्षको अहिलेसम्ममा ६९ लाख ८५ लाख ८०६ केजी निकासी भएको देखिन्छ ।

गत आर्थिक वर्षको तुलनामा यस आवको अहिलेसम्ममा ३ दशमलव ३४ प्रतिशत आय वृद्धि भएको छ भने जम्मा निकासीको शून्य दशमलव ५१ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । अदुवा बढी निकासी हुने वस्तुमध्ये २०औं स्थानमा परेको छ । यस वर्ष सबैभन्दा बढी नेपालबाट निकासी हुनेमा सोयाविन तेल परेको छ ।

गत वर्षको तुलनामा २९० प्रतिशत वृद्धि हुँदै समग्र निकासी हुनेमध्ये २८ दशमलव २ प्रतिशत बजार ओगट्न सफल भएको छ । यस वर्ष अदुवाको उत्पादन कम भएकाले पनि खासै अन्तर नदेखिएको हो । गत वर्ष भाउ नआएकाले यस वर्ष खासै धेरै अदुवा खेती गरेका थिएनन् । अदुवाको भाउ गत वर्षको तुलनामा केही बढ्यो । अस्थिर बजार मूल्य भएकाले पनि किसानले उल्लेखीय मूल्य नपाएको अदुवा व्यावसायी मात्रिका घिमिरेको भनाइ छ । रासस

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved