धरान । अस्पतालमा फ्रन्टलाइनमा बसेर बिरामीलाई सेवा दिने स्टाफ नर्सहरुनै कोरोनाको जोखिममा रहेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा रहेका दुई जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भए पछि झन उनीहरुमा कोरोना संक्रमणको जोखिममा रहेका छन् । दिनहुँ बिरामीहरुको नजिक रहेर काम गरिरहेका उनीहरु ड्युटी सकिए पछि घर जानुपर्छ उनीहरुको घर पनि असुरक्षित नै हुन्छ । उनीहरुको सुरक्षाको लागि सम्बन्धित निकाय मौन रहेको छ । न त प्रतिष्ठानले उनीहरुको सुरक्षा सँगै पिसिआर जाँच तथा क्वारेन्टाइनको व्यवस्था गरिदिएको छ न त नर्सहरुको सँस्थाले नै उनीहरुको लागि कुनै पहल गरिदिएको छ । सोमब
धनकुटा, ८ भदौं ÷धनकुटाका दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण पूष्टि भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा २५ बर्षीय र ३८ बर्षीय दुई पुरुष प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको हो । उनीहरु भदौ २ गते बिराटनगरबाट सरुवा भएर धनकुटा आएका थिए । विराटनगरबाट संखुवासभा सरुवा भएर गएका प्रहरीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्राक्ट टे«सिङका आधारमा तीन प्रहरीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाईएको थियो । जसमध्ये दुई प्रहरीमा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए । संक्रमण पूष्टि भएका प्रहरी जिल्
इटहरी । कोरोना भाइरसको महामारीले सिंगो राष्ट्र आक्रान्त बनिरहेको बेला सरकारले सचेतनाको नाममा नारा बाहेक केहि गर्न नसकेको भन्दै सरकार लगायत सम्बन्धित निकायको ध्यनाकर्षण गराउदै इटहरी २० तरहराका युवाहरूले बजारका मुख्य स्थानहरूमा आफैं सेनिटाइज गरेर उदाहारण प्रस्तुत गरेका छन । सरकारको भर नपरौ आफैं सचेत बनौ भन्ने नारालाइ आत्मासाथ गर्दै तरहराको युवाहरूले सम्भावित संक्रमणको जोखिम क्षेत्र, सार्वजनिक स्थल, प्रहरी कार्यालय, बन कार्यालय, स्वास्थ्य चौकि र संक्रमण भेटिएको स्थान समृद्धिको कार्यालयमा सोमबार बिहान सेनिटाइज गरेका हुन । पछिल्लो समय तरहरा क्षेत्रमा पनि संक्रमणको दर बढन थालेपछि सम्भावित जोखिमलाइ
ईटहरी/ समुदाय स्तरमा कोरोना संक्रमण फैलदै गएपछि ईटहरी उपमहानगरपालिकाले धेरै संक्रतिम भेटिएका वडा ६ र ९ शिल गर्ने निर्णय गरेको छ । ईटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो । वडा नम्वर ६ र ९मा कोरोना संक्रमितहरुको संख्या वढिरहेकाले शिल गर्ने निर्णय गरिएको बैठकमा सहभागी वडा नम्वर ६ का अध्यक्ष दिपक गौतमले वताए । शिल गरिएका वडामा अत्यावश्यक सेवा र पसल वाहेक सवै सेवा र हिडडुल पूर्ण रुपमा वन्द गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरका जनस्वास्थ्य नीरिक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा ८जना संक्रमित छन ।
काठमाडौं । नेपाली बजारमा उकालो लाग्दै गएको सुनको मुल्यमा फेरी गिरावट आएको छ । आइतबार तोलामा ९८ हजार ४ सयमा बिक्री भएको सुनको मुल्यमा ५ सय घटेर ९७ हजार ९ सय कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ४ सय कायम भएको छ । हिजो तोलाको ९७ हजार ९ सय तोकिएको थियो । यसैगरी चाँदीको भाउ फेरि पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ४५ रुपैयाँमा झरेको चाँदी आज फेरि १३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेका धरान ८ का एक कोरोना संक्रमीतको मृत्यु भएको छ । धरान वडा नम्बर ८ बरगाछिका का ६८ बर्षीया पुरुषको आईतबार बेलुका ६/३५मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।प्रतिष्ठानका प्रवक्ताका डा निदेश सापकोटाका अनुसार साउन २९ गते रिर्पोट पोजेटिभ आएको र ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनका अनुसार मृतकलाई उच्च रक्तचाप मधुमेह ,श्वास प्रश्वासमा जस्ता दिर्घकलिन रोग समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
इटहरी । प्रदेश १ को मुख्य शहर इटहरी अहिले कोरोना भाइरस ९ कोबिड – १९ संक्रमणको उच्च जोखिममा परेको छ । इटहरीको अधिकांस वडाहरूमा कोरोनाको संक्रमण पुगिसकेको पाइएको छ । २० वटा वार्डहरू रहेको इटहरी उपमहानगरमा अधिकान्स वडाहरुमा संक्रमण ले पकड जमाएसंगै उच्च सतर्कता अपनाउदै शहरलाइ लकडाउन गरीएको छ । अधिकांस वडाहरूमा संक्रमण फैलिएसंगै समुदाय स्तरमा कोरोना संक्रमितहरूको संख्या पनि बढदै गएको पाइएको छ । आइतबार दिउसो ४ बजे सम्म इटहरीमा कोरोना संक्रमितहरूको संख्या ७८ पुगिसकेको छ । संक्रमण फैलिदै गइरहेको बेला इटहरीको चार वटा
धनकुटा, ७ भदौ ÷बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रैकौ नै हाडानाता पर्नेलाई बलात्कार गरेको आरोपमा अर्का युवालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ बर्षीय निकेश तामाङलाई प्रहरीले पक्राउ गरी सकेको थियो । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाँली घरमा लगेर बलात्कार
काठमाडौ २०७७ भदौ ६ शनिबार/ आज थप ८ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । नेपालमा मृतकको संख्या १५० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ जना जना रहेका छन् । काठमाडौं उपत्यकामा आज १६६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६ भक्तपुरमा २८ र
धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ । कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । । यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि ग