विराटनगर । प्रहरीले औषधि कालोबजारी गर्ने व्यक्तिलाई विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.–१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने वर्ष ३५ को रवि कुमार रजक पक्राउ परेका हुन । उनले आफ्नै घरको कोठामा फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरेको पाइएको प्रहरीको भनाई छ । झुक्याई बिक्री बितरण गर्नुका साथै औषधी अवैध जम्माखोरी गरी कालो बजारी गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा
धरान । पछिल्लो समय कोभिड–१९ को संक्रमणदर बढ्दै गएको अवश्थामा धरान उपमहानगरपालिकाले आफै खोप खरिद गर्ने भएको छ । संघिय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिकाका नागरिकलाई खोप लगायन आफै खदिर गर्न लागेको हो । मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग गर्दै पत्र पठाएका छन् । उनले प्रधानमन्त्री कार्यालय सहित प्रदेश १ का मुख्यमन्त्री कार्यालय, सामाजिक विकाश मन्त्रालय प्रदेश १ लाई बोधार्थ दिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागर
विराटनगर । मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण को दोस्रो लहरको अधिक असर पर्न शुरु भएपछि पहिलो पटक बैसाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।
बराहक्षेत्र । पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न वराहक्षेत्र संरक्षण मञ्चले १२ वटा बिकासको नयाँ योजना सार्वजनिक गरेको छ । मञ्चले मन्दिर उत्तर धनकुटा र उदयपुरी मैनामैनी जोड्न सप्तकोसीमा झोलुङ्गे पुल निर्माण र पद यात्राको बिकास सहित १२ बटा नयाँ योजना राष्ट्रपतिको कार्यलय मार्फत सरकारलाई बजेटको माग गरेको संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । वराहक्षेत्र धाम पुर्वी नेपालको धार्मिक स्थलको प्रमुख गन्तव्य हो । पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने र यसको संरक्षण गर्ने छलफल पश्चात् पर्यटन आकर्षण तथा धार्मिक पर्यटन प्रबद्र्धन गर्न वराहक्षेत्र मन्दिर र
धरान । हरियाली सामुदायिक वनको भवनमा संचालन भएको आइसोलेसन केन्द्रको धरान उपमहानगरपालिकाले निरिक्षण गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा संचालन रहेको आइसोलेसन केन्द्रको आज धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहितको टोलिले निरिक्षण गरेको हो । कोभिड संक्रमितका लागि २५ वेड क्षमताको आइसोलेसन केन्द्र जेठ १ गते देखि संचालनमा आएको हो । केन्द्रमा ७ जना कोभिड संक्रमित विरामी बसेका छन् । केन्द्रको निरिक्षण गर्दै मेयरले कोरोना संक्रमितहरुको उपचारमा कुनै पनि कमी आउन नदिने बताए । अक्सिजन सहितको केन्द्रमा रहेका बिरामीहरुको स्वास्थ्य अवश्थामा सुधार आइरहेको जनाएको छ । केन्द्रमा कोरोना संक्रमित सं
धरान । भारतीय सिमाबाट प्रहरीले करिब १ सय ६५ केजी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरीको टोलिले कोशीगाउँपालिका ८ स्थित राजमार्ग दक्षिण तर्फ रहेको पानीटंकीबाट गाँजा बरामद गरेको हो । प्लाष्टिक बेरी राखेको अवश्थामा शंकास्पद वस्तु देखे पछि प्रहरीले नियन्त्रणमा लिएको थियो । गाँजा धनिको खोजि गर्ने क्रममा कोशी गाउँपालिका ८ का ४० वर्षिय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र धाममा रहेको वराह कुण्डको पुनः निर्माण गर्न थालिएको छ । २०७२ सालको भूकम्प पछि हरेक वर्षाको समयमा कोशीको वेगले कुण्ड पश्चिम तिरको जमिन धस्सिन थाले पछि कुण्डको आधा भागमा क्षति भएको थियो । धर्तीमा डुब्न लागेको पृथ्वीलाई बँदेल रुप धारण गरि वराह भगबानले सुढोबाट जोगाएको मुर्ति रहेको वराह कुण्डका मन्दिर दर्शन आउने पर्यटकहरु तस्बिर खिच्ने, बिश्राम गर्ने गर्छन । कुण्डको जिर्णोद्वार तथा क्षति भएको आधा भाग पुनर्निर्माणको काम वराहक्षेत्र संरक्षण मञ्चले सुरु गरेको छ । संरक्षण मञ्च मार्फत नै २०६५ सालमा निर्माण भएको कुण्डको संरक्षण हुँदै आएको छ । मञ्चले नै पुनः निर्माण था
धरान । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जस अन्तर्गत चालू खर्चतर्फ कूल ६ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बनियोजन गरीएको छ । सरकारले शनिबार प्रस्तुत गरेको बजेट लोकप्रियता कमाउन मात्र ल्याएको अर्थविदहरु बताउँछन् । सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकार एवम् अर्थ विश्लेषक कृष्णकुमार अग्रवालले सरकारले ल्याएको बजेट ‘ऋण लिएर घिउ खाने’ मात्र भएको उनी बताउँछन् । उनी भन्छन्, ‘नेपालको राजस्व
विराटनगर । प्रदेश १ का प्रमुख विपक्षी दलले संविधान सम्मत ढंगले बजेट ल्याउने वातावरण बनाउन भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गरेका छन् । प्रमुख विपक्षी कांग्रेससहित तीन दलले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ संग आइतबार भेटघाट गरी बजेटबारे ध्यानाकर्षण गरेका हुन । प्रदेश सरकारले कोरोनो बाहना बनाएर प्रदेशको बजेट अधिवेशन बोलाउन आलटाल गर्दै पूर्व बजेट छलफलसमत नगर्ने बरु अध्यादेशबाट बजेट ल्याउने तयारी थालेसंगै विपक्षी दलले प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको जनाएका छन । नेपाली कांग्रेसका नेता राजिव कोइरालाले संविधान र प्रदेश कानुनमा उल्लेख भएअनुसार असार १ गते प्रस्तुत हुने बजेट अगावै
विराटनगर । प्रदेश नं १ मा मन्त्री र पहुँचवालाको सिफारिसमा आफू निकटकालाई कोरोनाविरुद्धको खोप लगाएको विषयप्रति मुख्यमन्त्री शेरधन राईको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मुख्यमन्त्री शेरधन राईको निजी सचिवालयले प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकारसंग समन्वय गर्दै खोप खरिदकाबारे परामर्श गरिरहेको जनाएको छ । केही दिनयता सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा पार्टीका सीमित कार्यकर्ता, कर्मचारी र व्यापारीलाई कोभिसिल्डको दोस्रो खेपको खोप सुटुक्क लगाएको विषयमा नागरिकस्तरबाटै आलोचना र टिप्पणी भईरहेको छ । सिनेमा हलमा खोप लगाएपछि त्यहाँ अवरोध गर्दै सर्वसाधारणले विरोध गरेका