सरकारको बजेट चुनावमुखी  ः  अर्थविद

  • जेठ १६, २०७८
  • गोबिन्द बस्नेत
alt

धरान । सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागी १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

जस अन्तर्गत चालू खर्चतर्फ कूल ६ खर्ब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बनियोजन गरीएको छ ।

सरकारले शनिबार प्रस्तुत गरेको बजेट लोकप्रियता कमाउन मात्र ल्याएको अर्थविदहरु बताउँछन् । सुनसरी उद्योग वाणिज्य संघका सल्लाहकार एवम् अर्थ विश्लेषक कृष्णकुमार अग्रवालले सरकारले ल्याएको बजेट ‘ऋण लिएर घिउ खाने’ मात्र भएको उनी बताउँछन् । उनी भन्छन्, ‘नेपालको राजस्वले सामान्य खर्च चलाउन पनि धौ धौ छ, तर विदेशी ऋण र अनुदानको भरमा चल्ने नेपालको अर्थतन्त्र झुठको खेती हो ।’ उनले अहिलेको बजेट झुटको पुलिन्दा रहेको बताए ।

गत बर्षको बजेट पनि पनि पूरा नभएको उल्लेख गर्दै उनले जनताको आखामा छारो हाल्दै सपना देखाउनेमात्र बजेट भएको उल्लेख गरे । उनले भने, ‘केपी शर्मा ओली सरकारमा आउँदा प्रतिव्यक्ति ऋण ३७ हजार रहेको थियो, अहिले नेपाली प्रतिव्यक्ति ऋण ५७ हजार पुगेको छ, यसबाट नै प्रष्ट हुदैन र ?’

उनले तीन बर्षको शासनकालमा २० हजार प्रतिव्यक्ति नेपालीको टाउकोमा ऋण थपिदिएको उल्लेख गरे । उनले अहिले विकासका कामहरु ठप्प भएको बताउदै देशको आयस्रोत समेत ठप्प भएको समयमा ‘मागी मागी छोराको विहे गर्ने’ खालको बजेट ओली सरकारले प्रस्तुत गरेको उल्लेख गरेको बताए ।

उनले वैदेशिक ऋण ल्याएर नेपाली जनतालाई सपना देखाएर ऋणको भार थप्नेबाहेक यो बजेटमा अर्को नभएको बताए । उनले भने, ‘यो बजेट लोकप्रियता बजेट नभई कनिका छर्ने खालको मात्र छ, चटकेले सर्कस देखाएको भन्दा यो बजेटमा केही फरक छैन ।’

उनले बजेटले व्यापारी, कोरोना पीडितलाई दिएको छुट भने सकारात्मक भएको उल्लेख गरे । उनले भने, ‘यो छुटले विशेष फाइदा पु¥याएको छ, बाकी कुरा बजेटमा केही छैन ।’

अर्का अर्थ विश्लेषक प्रा.डा. राजेन्द्र शर्माले यो बजेट महामारीसंग प्रतिरक्षात्मक ढंगको खर्चहरु राखेर बनेको बताए । उनले महामारीसंग लड्नकै लागि छुट्याइएको बजेट अत्यन्तै धेरै भएको उल्लेख गर्दै चुनाव घोषणा गरेको सरकारले बजेट प्रस्तुत गरेकोले चुनावमुखी बजेट भएको उनको ठम्याइ छ । उनले भने, ‘अहिलेको बजेट महत्वकाक्षी छ, गर्न नसक्ने असम्भव कामहरुलाई पनि समेटर बजेट ल्याइएको छ ।’

उनले नदी डाइभर्सनदेखि लिएर सुरुङमार्ग, एयरपोर्टजस्ता आयोजना जस्ता कुरा बजेटमा उल्लेख भएको बताए । बजेटमा उल्लेख भएका केही चिजहरु भने व्यापारीहरुलाई फाइदा हुने खालको रहेको उनको भनाई छ । उनले भने, ‘ व्यापारीहरुको पुनरकर्जालाई निरन्तता, आयातमा खुकुलोपन, भन्सार छुुट, पर्यटन व्यवसायीहरुलाई केही सहुलियत दिएको छ, यसले कोभिडका महामारीमा पनि व्यापार व्यावसायलाई सहयोग पुग्ने देखिन्छ ।’

उनले समग्रमा बजेट गत बर्ष भन्दा राम्रो भएपनि चुनाव नजिक आउदै गर्दा लोकप्रियता हुन खोजेको जस्तो भान बजेट प्रस्तुतबाट भएको स्पष्ट पारे । उनले गत बर्ष पनि बजेट कार्यान्यवन हुन नसकेको बताउदै यस बर्ष झन गाह«ो हुने बताए ।

उनले भने, ‘यो देशको १० अर्ब आम्दानी हुने देशले १६ खर्ब ४७ अर्बको बजेट बनाएको छ, एक तिहाइ भन्दा कम आम्दानी भएको बजेट कतिको पुरा हुन्छ पहिला नै अनुमान गर्न सकिन्छ नि हैन र ?’ उनले धेरै सफलता प्राप्त गर्दा पनि दुई तिहाइसम्म बजेटले प्राप्त गर्न सक्ने बताए । उनले भने, ‘अहिलेका बजेट ६६ प्रतिशत सफलता प्राप्त गर्न सक्छ, नेपालको बजेटले ६६ प्रतिशत सफलता हासिल गरेको कही पनि पाइदैन, साधारण खर्चतर्फ छुट्याइको रकम नै बढी छ भने २३ प्रतिशत बजेट मात्र विकास खर्चमा छुट्याइएको छ ।’

उनले २३ प्रतिशत छुट्याइएको विकास खर्च पनि कोरोनाको कारण सबै खर्च नहुने बताए । उनले भने, ‘समग्रमा भन्दा यो बजेट कार्यान्वयन पक्ष जटिल रहको छ, यसले उपलब्धी हात पार्न कठिन छ ।’

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved