कोरोना खोपको विषयमा विरोध भएपछि मुख्यमन्त्री राईको सचिवालयको धारण सार्वजनिक

  • जेठ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विराटनगर । प्रदेश नं १ मा मन्त्री र पहुँचवालाको सिफारिसमा आफू निकटकालाई कोरोनाविरुद्धको खोप लगाएको विषयप्रति मुख्यमन्त्री शेरधन राईको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मुख्यमन्त्री शेरधन राईको निजी सचिवालयले प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकारसंग समन्वय गर्दै खोप खरिदकाबारे परामर्श गरिरहेको जनाएको छ । केही दिनयता सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा पार्टीका सीमित कार्यकर्ता, कर्मचारी र व्यापारीलाई कोभिसिल्डको दोस्रो खेपको खोप सुटुक्क लगाएको विषयमा नागरिकस्तरबाटै आलोचना र टिप्पणी भईरहेको छ । सिनेमा हलमा खोप लगाएपछि त्यहाँ अवरोध गर्दै सर्वसाधारणले विरोध गरेका थिए । यस घटनामा मुख्यमन्त्री कार्यालयको संलग्नता नरहेको जनाउँदै शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले विराटनगरमा कोरोना खोपको विषयलाई लिएर केही सञ्चार माध्यमहरुमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मुख्यमन्त्री निवासमा खोप लगाउने योजना र मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम राखिएको भन्ने गलत भएको दाबी गर्दै“मुख्यमन्त्रीको सचिवालयको दबावमा खोप लगाएको भन्ने जस्ता अर्नगल एवम् प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारहरु प्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपूर्ण र प्रायोजित समाचारहरुको हामी खण्डन गर्दछौं ।”

पहिलो डोज खोप लगाएका सबैलाई प्रोटोकल अनुसार मौज्दात खोपबाट दोश्रो डोजको खोप लगाउँदै थप खोपको व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र मुख्यमन्त्री राई जुटिरहेको सुवेदीले प्रकासित गरेको विज्ञप्तिमा दाबी गरिएको छ । प्रदेश सरकार प्रदेशका नागरिकलाई कोभिड १९ को भाइरसबाट बचाउन, त्यसको रोकथाम, नियण्त्रण र उपचारमा सबै उपाय, स्रोत र सामर्थ्य जुटाएर अहोरात्र सक्रिय रहेको पनि विज्ञप्तिमा जनायएको छ ।

प्रदेशका सबै नागरिकका लागि खोप लगाउन संघीय सरकारसंग समन्वय गर्दै खोप खरिदकाबारे पनि परामर्श गरिरहेको सुवेदीको विज्ञप्तिमा जनायएको छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved