वराहक्षेत्र संरक्षणका लागि १२ बुँदे योजनाको माग

  • जेठ १६, २०७८
  • "संगम बिष्ट"
alt

बराहक्षेत्र । पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न वराहक्षेत्र संरक्षण मञ्चले १२ वटा बिकासको नयाँ योजना सार्वजनिक गरेको छ ।

मञ्चले मन्दिर उत्तर धनकुटा र उदयपुरी मैनामैनी जोड्न सप्तकोसीमा झोलुङ्गे पुल निर्माण र पद यात्राको बिकास सहित १२ बटा नयाँ योजना राष्ट्रपतिको कार्यलय मार्फत सरकारलाई बजेटको माग गरेको संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।

वराहक्षेत्र धाम पुर्वी नेपालको धार्मिक स्थलको प्रमुख गन्तव्य हो । पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने र यसको संरक्षण गर्ने छलफल पश्चात् पर्यटन आकर्षण तथा धार्मिक पर्यटन प्रबद्र्धन गर्न वराहक्षेत्र मन्दिर र मैना राजा मैना रानी मन्दिर जोड्ने पुल निर्माणको योजना बनाए उनले बताए ।

पदयात्राको लागि पथवे निर्माण सहित मन्दिरको उत्तर तर्फ कोसी नदी झर्ने सिढिमा आरसिसि स्लेब निर्माण, स्नानघाट निर्माण, निर्माणाधिन वराह सरोवरलाई पुर्णता, कोको कोशिकि नदि संगमको पारिपट्टी रहेको सानो चुरे डाँडाको संरक्षण पनि गर्ने योजना रहेको उनले बताए ।

कोशी नदिको कटानले वराहक्षेत्र मन्दिर लगायत बस्तिनै जोखिममा पर्ने भएकाले त्यसको संरक्षण, मन्दिर मुनि नदिले बर्षेनी कटान गर्दै आएकाले मन्दिरको संरक्षण, त्यस्तै कोशी नदिमा स्नान गर्न जानको लागि वृद्ध तथा असक्तको लागि वनाइएको बैकल्पिक बाटो साघुँरो भएकाले फराकिलो बनाउँदै मन्दिर क्षेत्रलाई सुन्दरता दिन फुलवारी गार्डेन निर्माण, मन्दिर मुल गेट अगाडि देखि नदि झर्ने बैकल्पिक बाटो निर्माण कार्यलाई पुर्णता , मन्दिर परिषदमा रहेका राणाकालीन धर्मशालाहरु जिर्णोद्वार, राणाकालीन युद्ध धाराको जिर्णोद्वार, साथै ट्याङ्कीको निर्माण र वराहक्षेत्रको वसपार्कलाई व्यवस्थीत गर्ने लगायतका योजनाहरु रहेका छन् ।

बराहक्षेत्र धार्मिक, आध्याधिक तथा भौतिक संरचनाले महत्वपुर्ण क्षेत्र रहेकाले यसको बिकास गर्ने १२ बुँदे योजना राष्ट्रपति कार्यलय मार्फत सरकारलाई पठाएको मञ्चका सचिब राजु घिमिरेले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved