विराटनगर । प्रहरीले औषधि कालोबजारी गर्ने व्यक्तिलाई विराटनगरमा पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं.–१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने वर्ष ३५ को रवि कुमार रजक पक्राउ परेका हुन ।
उनले आफ्नै घरको कोठामा फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरेको पाइएको प्रहरीको भनाई छ ।
झुक्याई बिक्री बितरण गर्नुका साथै औषधी अवैध जम्माखोरी गरी कालो बजारी गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले औषधि बरामद गरी उनलाई पक्राउ गरेको डिएसपी मानबहादुर राईले बताए ।
उनलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।