विराटनगर । मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।
सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण को दोस्रो लहरको अधिक असर पर्न शुरु भएपछि पहिलो पटक बैसाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।