मैत्रीपूर्ण फुट्सलमा अभिभावक टोलीको शानदार जित, शिक्षक ४–१ ले पराजित

  • जेठ ३१, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेको शिक्षक र अभिभावकबीचको मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा अभिभावक टोली विजयी भएको छ।

धरान–१६ स्थित गोर्खा फुट्सलमा आइतबार सम्पन्न खेलमा अभिभावक टोलीले शिक्षक टोलीलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो।

खेलको पहिलो हाफमै अभिभावक टोलीले आक्रामक प्रदर्शन गर्दै ४ गोल गरेको थियो। शिक्षक टोलीले एक गोल फर्काए पनि त्यसपछि थप गोल गर्न नसक्दा खेल अभिभावकको पक्षमा गएको थियो।

दोस्रो हाफमा शिक्षक टोलीले लगातार आक्रमण गरे पनि अभिभावक टोलीको बलियो रक्षापंक्तिलाई भेद्न सकेन।

इन्टर हाउस फुट्सल प्रतियोगिताको फाइनलको अवसरमा आयोजित मैत्रीपूर्ण खेलको उद्देश्य शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनु, खेलमार्फत सद्भाव र सहकार्यको भावना विकास गर्नु रहेको विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङ ले बताउनुभयो।

उहाँका अनुसार विश्व फुटबलको माहोलसँगै विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने र सकारात्मक खेल संस्कृतिको विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो।

प्रतियोगिता सम्पन्न भएपछि सहभागी अभिभावक खेलाडीहरूलाई खादा र मेडल प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयले यस्ता कार्यक्रमले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved