भारतबाट गैरकानुनी रूपमा नेपाल छिर्दै गरेका बंगलादेशी नागरिक नियन्त्रणमा

  • जेठ ३०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्रवेश गर्न खोजेका एक बंगलादेशी नागरिकलाई प्रहरीले झापाको मेचीनगरबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १२ः४५ बजे मेचीनगर नगरपालिका–६ गैरीगाउँस्थित मेची खोलाको बाटो हुँदै भारतबाट नेपालतर्फ गैरकानुनी रूपमा प्रवेश गरिरहेका बंगलादेशी नागरिक ३३ वर्षीय एमडी सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले नियन्त्रणमा लिएको हो।

बंगलादेशको चाँदपुर जिल्लास्थित तुलाटोली कचुवा मनोहरपुर–३६३० निवासी सैफुल इस्लाम वैध राहदानी बोकेर हिँडिरहेको अवस्थामा फेला परेका थिए।

उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई आवश्यक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बंगलादेशी नागरिकलाई थप कानुनी कारबाहीका लागि अध्यागमन विभाग, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

'ब्रेन ब्याटल' सिजन ...

धरान/ब्रदर्स अनलाइन मिडिया हबद्वारा आयोजित स्कुलव्यापी ...

मेघा हिमालयन कलेजका ...

धरान/धरानस्थित मेघा हिमालयन कलेजले कक्षा–११ मा भर ...

एन्फा एकेडेमी धरानद् ...

धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved