धरान । भारतीय सिमाबाट प्रहरीले करिब १ सय ६५ केजी गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरीको टोलिले कोशीगाउँपालिका ८ स्थित राजमार्ग दक्षिण तर्फ रहेको पानीटंकीबाट गाँजा बरामद गरेको हो ।
प्लाष्टिक बेरी राखेको अवश्थामा शंकास्पद वस्तु देखे पछि प्रहरीले नियन्त्रणमा लिएको थियो । गाँजा धनिको खोजि गर्ने क्रममा कोशी गाउँपालिका ८ का ४० वर्षिय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
यादवलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।