समाचार

    Showing 6,861-6,870 of 8,660 items.
  • लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

    धरान।  सुनसरी र झापाका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । शनिवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० का ३१ बर्षीय बिकी श्रेष्ठलाई ८ ग्राम ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यस्तै सोही टोलीले धरान-३ का २६ बर्षीय रिहान अन्सारीलाई ३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले शनिवार राती सवा ७ बजे लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका-४ डागीवारीमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतब

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 894 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    बिराटनगर।  मोरङ र झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शनिवार राती सवा ९ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा को २ त ३१९६ नम्बरको ट्याक्टरले को ३८ प १६६५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा नगरपालिका-५ का ४२ बर्षीय मकेश्वर चौधरीको उपचारको क्रममा राती १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । यसैगरी मोरङकै उर्लावारी नगरपालिका- ८ मा मे ४ प ९२८५ नम्बरको मोटरसाईकल शनिवार राती ८ बजे अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय ३० बर्षीय उपेन्द्र दनुवार र सोही मोटरसाईकल पछाडी स

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातको पहिलो दिन आइतबार सुनको मुल्यमा गिह्रावट

    धरान । साताको पहिलो दिन सुनचाँदीको मुल्यमा गिह्रावट् आएको छ । नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार छापावाल सुन तोलको रु ९१ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य आईतबार तोलामा ६ सयले घटेर तोलाको ९० हजार ७ सय कायम भएको हो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,401 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालबिवाह न्यूनीकरणका लागि कानुनी सचेतना

    सुनसरी । सुनसरीको गढी गाउँपालिका २ औरावनीमा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्र्तगत बालबिवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार गढी २ नम्बर वडा कार्यालयको सहयोगमा साझेदारी नेपाल सुनसरीले सचेतना मूलक कार्यक्रम सम्पन्न गरेको हो । गढी गाउँपालिका २ औराबनी र मझौका ५२ जनाबढी सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा स्थानीयले बालबिवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन् । बालबिवाह ग्रामिण क्षेत्रमा एकपछि अर्को गर्दै तिब्र रुपले बढेकाले त्यसको न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको वडा कार्यालय औराबनीका वडा सदस्य गुदनसरी ऋषिदेवले बताए । ऋषिदेवले ग्राम

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 2,134 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय एकताका लागि नेकपाको एकता आवश्यक :पर्यटनमन्त्री भट्टराई

    झापा । मुकुलको राष्ट्रिय एकता बचाउन नेकपाको एकता आवश्यक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तलमाथि भए संविधान च्यात्नेहरुको मनोवल बढेर जाने उनको भनाई छ । झापाको विर्तामोडमा एक होटलको उदघाटन गर्दै मन्त्री भट्टराईले भने, ‘हिजो मधेश र पहाडको बीचमा आन्दोलन गर्ने र पूर्व र पश्चिमको बीचमा समेत आगो बल्ने काम भएकाले नेकपा फुट्ने होइन जुटेर जानु पर्छ ।’ नेकपामा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको उनले बताए । भूतप्रेत भनेर उनले राजाबादीहरुप्रति संकेत गरेका हुन् । झाप

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्याल कराउँने डाँडामा मध्ये रातसम्म रमाउँछन पर्यटक

    इलाम/ सूर्योदय नगरपालिकामा पर्ने अन्तुमा ५÷६ वर्ष अघि रात भर स्याल कराएको सुन्न पाईन्थ्यो । जंगल सँगै पातलो बस्ती र मानिसको आवत जावत कम भएको कारणले स्याल कराएको आवाज सुन्न र बेलुका दश बजे पछि त देख्न पनि पाइन्थ्यो । तर यतिबेले अन्तु पुग्ने जो कोहीको कानमा राति १२ बजे सम्म मनिसको आवाज सुन्न पाईन्छ । पर्यटन क्षेत्रको विकास सँगै बस्ति बाक्लिएको र मानिसको आवत जावत अत्धिक बढे सँगै पर्यटकले मनोरञ्जन गर्ने गर्छन । मानिसको चाप नहुँदा अन्तुमा रँजाई गरेका स्याल मानिसको चाप बढे सँगै पलाएन भएका हुन । यतिबेला ५÷६ पहिलेको जस्तो स्याल नपाउने स्थानीय बताउँछन । यहाँका स्थानीय बासिन्दाले स

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,664 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • स्थानीय पूर्वाधार विकासमा खनाल र नेम्बाङको आठ करोड

    इलाम । पूर्र्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभाका सांसद झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका छन् । पूर्व प्रधानमन्त्री तथा सांसद खनालकोे निर्वाचन क्षेत्रमा रहेका नगर तथा गाउँपालिकामा चार करोड रुपैयाँ वडा संख्याको आधारमा वितरण गरिएको छ । कार्यक्रम अन्र्तगत सबैभन्दा ठूलो रकम सूर्योदय नगरपालिकालाई एक करोड ३५ लाख, इलाम नगरपालिकाललाई १० लाख, माइ नगरपालिकालाई ६८ लाख, रोङ गाउँपालिका ६० ल

    • प्रकाशित मितिः मंसिर १४, २०७७
    • 1,549 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्रलाई

    धरान । धरान–१७ स्थित पट्नालीमा भएको प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्र फुटबल क्लब चतराले जितेको छ । उपाधीसँगै बराहक्षेत्रले ट्रफि र नगद ५० हजार पुरस्कार जितेको छ । उपविजेतामा सिमित भएको गोधुलीले ट्रफि सहित नगद २५ हजार पुरस्कार प्राप्त ग¥यो । शनिबार पटनाली खेल मैदानमा भएको फाइनल खेलमा धरानको गोधुली क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा गोधुलीका मिलन राईको गोल बारमा लागेर बाहिरिएपछि बराहक्षेत्रले खेल जितेको थियो । बराहक्षेत्रले २–० ले पछि परेको स

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ८० संक्रमित थपिए, ८४ जना डिस्चार्ज

    विराटनगरः प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १ जदना रहेका छन् भने झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जना छन् । मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का प्रमुख अधिकारीलाई कोरोना संक्रमण

    धरान । १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी “प्यासी” लाई कोरोना संक्रमण पुष्टि भएको छ ।  बिराटनगर स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा प्रदेश प्रमुख अधिकारीलाई संक्रमण पुष्टि भएको हो । अधिकारी सँगै उनकी श्रीमति र एक सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएसँगै प्रमुख अधिकारी हामेआइशोलेसनमा बसेको अधिकारीको निजि सचिवालयले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 1,290 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved