धरान । आदिमकाल देखिनै किरातीहरुको बसोबास र सभ्यता शुरुवात भएकाले पहिचानको आधारमा प्रदेश एकको नामाकरण हकदाबी हुने प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राई बताएका छन् ।
किरात राई यायोख्खा सुनसरीको नवौं अधिवेसनको उदघाटन कार्यक्रममा मुख्यमन्त्री राईले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न दुई ठुला पार्टीहरुको असहमतीका कारण किरातमा समस्या देखिएको बताए । उनले एमाले र कांग्रेस पहिचानको आधारमा नामाकरण गर्न सहमत नभए पछि किरात प्रदेशमा समस्या देखिएको उनको भनाई छ । प्रदेशसभामा पहिचान पक्षधर सांसदहरुको उपस्थिति कम भएको पनि बताए । नामको प्रस्ताव संसदमा लैजान गाह्रो नभए पनि पहिचानको पक्षमा दुई तिहाई पुर्याउन गाह्रो भएको उनले बताए ।
उनले भने, नामाकरणको टुङ्गो संसदबाट लगाउनुपर्छ, एक जनाले प्रस्ताव गर्छ, दुई जनाले समर्थक गर्छ, बहुमतले पारित गर्नुपर्ने हुन्छ, एमाले र कांग्रेसको बहुमत पुग्छ, त्यसैले पहिचानको आधारमा टुङ्गो लाग्न केही असहज अवश्था छ ।’ मुख्यमन्त्री राईले पहिचानको आधारमा नामाकरण गर्दा किरात प्रदेशको विकल्प नरहेको बताए ।
उनले भाषा, सँस्कृति, जातिको उपस्थितिलाई आधार बनाएर नाम राख्ने चलन भएको बताउँदै प्रदेश नं १ मा आदिमकालदेखि सबैभन्दा पहिला बसोबास गर्ने र सभ्यताको शुरुवात गर्ने भएकोले किरातीहरुको हकदाबी लाग्ने पनि बताए ।
उनले कोशी नामकरणको टिप्पणी गर्दै सभ्यताको शुरुवात पनि मानिसहरुले नै गरेको र त्यहाँका सबभन्दा पुराना मानिसहरु किराती भएको बताए ।
पहिचानको पक्षमा दुई तिहाई पु¥याएर पास गर्न सजिलो नभए पनि अन्तिम समय सम्म प्रयास रहने प्रतिवद्धता जनाए । उनले भने, निक्कै मेहनत गर्नुपर्ने हुन्छ, म पहिला र प्रयास गर्छु, संसदमा आफु एक्लै भएपनि पहिचानको पक्षमा उभिनेछु ।’ प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने बारेमा उभिँदा आफ्नो साढे ३ दशक लामो राजनितिनै किन अन्त्य नहोस् तर दृढताका साथ पहिचानको पक्षमा उभिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बिशिष्ट अतिथि एवं यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राई, आदिबासी जनजाति महासंघ सुनसरी जिल्ला अध्यक्ष राम माण्डुपा राई, किरात राई युवा संघको पुर्वअध्यक्ष भिम राई, यायोक्खा सुनसरीका पुर्वअध्यक्ष मुगाधन राई लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।