वीपीमा बिल काट्न अनलाईन सिस्टम

  • मंसिर २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । घण्टौं लाइनमा बसेर बिल काट्नु पर्ने बाध्यतालाई हटाउँदै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाईनबाटै बिल काट्ने प्रविधिको शुरुवात गरेको छ ।
कोरोना महामारीको समयमा अनलाईन सिस्टम लागु गर्न खोजे पनि विभिन्न प्राविधिक समस्याले चालु गर्न नसकेको अनलाईन बिल काट्ने प्रविधिलाई परिमार्जन गर्दै संचालनमा ल्याएको छ ।

प्रदेश एक सहित प्रदेश दुई र भारतीय बिरामीहरु समेत उपचारका लागि प्रतिष्ठान आउने गर्दछन् । दैनिक जसो तिन हजार बिरामीहरुले सेवा लिने गरेका छन् । बिल काट्न नै सहज नहुँदा बिरामीको गुनासो बढ्दै गए पछि पुनः अनलाईन टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको हो ।
प्रतिष्ठानले शुक्रबार देखि एप मार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसन मार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टोरबाट विपिकेआइएचएस एप्लिकेसन डाउनलोड गरेर एपबाटै टिकट काट्न सक्ने जनाएको छ । यो प्रविधिले घण्टौ लाइनमा बसेर पुर्जी काट्नुपर्ने बाध्यताबाट विरामीहरुले छुटकारा पाउने विज्ञप्ती जारी गर्दै अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले बताएका छन् ।

उनका अनुसार सेवालाई विस्तार गरेर ल्याब परिक्षणका रिपोर्टहरु पनि अनलाइनबाटै हेर्न मिल्ने बनाइने भएको छ । यस्तै, पेइङतर्फको विरामीको नाम दर्ता पनि चाडै सञ्चालनमा ल्याउन निर्देशन दिइएको साहले बताए । यो सेवाको उपयोग गर्न बिरामीलाई सिकाउन टिकट काउन्टर भवनको बाहिर सहयोगी समेत राखिएको अस्पताल प्रशासनले जनाएको छ ।

एप्स मार्फत कुन विभागको कुन टिममा विरामी देखाउने भनेर छान्न सकिने गरि विकास गरिएको छ । अनलाइन रजिष्ट्रेसन भएको विरामी सिधै ओपिडीमा गएर डाक्टरलाई भेट्न सक्ने प्रबन्ध मिलाइएको सहप्रवक्ता डा.चुरामनि पोखरेलले बताए ।

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved