धरानको सपिङ कम्प्लेक्सको जग्गा अलपत्र : वार्षिक करोडौं आयस्रोत गुम्यो "जथाभावि पार्किङले अस्तव्यस्त"

  • मंसिर २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर : पणिन्द्र तिम्सिना

धरान । धरान उपमहानगरपालिकाको मुख्य चौकमा रहेको भानुचौकको मास्तिर रहेको खाली जमिनमा अण्डरग्राउण्ड पार्किङ सहितको सुविधा सम्पन्न सपिङ कम्प्लेक्स बनाउने स्थलमा अव्यवस्थित पार्किङ बनेको छ ।

उपमहानगरको महत्वकांक्षी योजनाको रुपमा रहेको सुविधा सम्पन्न सपिङ कम्प्लेक्स निर्माण कार्य शुरु नहुँदा सो स्थान पहाडी क्षेत्रमा कुद्ने सार्वजनिक सवारी साधन सहित निजी सवारी साधनको पार्किङ स्थल बनेको छ । सवारी साधनहरु अव्यवस्थित पार्किङ हुँदा नागरिकलाई आवतजावतमै पनि समस्या भएको छ ।

२०५६ सालमा धरान उपमहानगरपालिकाले भानुचौकमा रहेको ६ कट्ठा जग्गामा सपिङ कम्प्लेस बनाउने भनेर तत्कालिन सब्जी बजार र फेन्सी स्टोरका टहरा भत्काएको थियो । त्यतीबेला व्यवसायीको विचल्ली बनाएको मात्र थिएन धरान उपमहानगरपालिकाले करवापतको उठाउँदै आएको बार्षिक ३ करोड रुपैया समेत गुमाउदै आएको छ । २०७२ सालमा पुनः सपिङ कम्प्लेक्स बनाउने योजना अगाडि बढायो । तर जेठ १२ गते भुकम्प आए पछि बजारको बीचमा खुल्ला स्थान चाहिने उपमहानगरपालिको ठहर पश्चात सवारी साधनको पार्किङकै रुपमा प्रयोग गर्ने निर्णय गरिएको धरान उपमहानरपालिकाका शहरी विकास आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले बताए । उनले भने, ‘२०७२ सालको भुकम्पपश्चात बजारमा खुल्ला ठाउँको आवश्यकता महसुस गरी अहिलेलाई सपिङ कम्प्लेक्स बन्ने योजना था“ति राखेका हौ ।’

२०५६ साल अगाडि त्यस स्थानमा भएको सब्जीमण्डी र फेन्सीसपको टहराबाट बार्षिक ३ करोड रुपैया आउने गरेको उपमहानगरपालिकाले जनाएको छ । अहिले त्यो स्थान छाडा सवारी साधनको स्टेन बन्दा बसपार्क नै अस्तव्यस्त बन्नुका साथै उपमहानगरपालिकाको समेत आयस्रोत गुमेको पुराना व्यवसायीहरु बताउँछन् । सपिङ कम्प्लेक्स बन्दा धरानको विकास हुने अपेक्षा राखेर तत्कालिन व्यवसायीहरुले बजार छाडेका थिए । उनीहरु भन्छन्, ‘अहिले सम्म बन्न नसक्नुमा त्यसबेलाका जनप्रतिनिधिको ठूलो गल्ति भएको छ ।’

भानुसब्जी तथा फलफूल व्यवसायी समितिका पूर्व अध्यक्ष धर्मराज तिम्सिनाले सपिङ कम्प्लेक्स बन्न नसक्नुमा नितान्त व्यक्तिगत र राजनीतिक स्वार्थकै कारण रहेको बताउँछन् । उनका अनुसार त्यस स्थानबाट सब्जी बजार सारेर धरान ९ पूर्णपथमा पालिका तरकारी बजार नामाकरण गरी सारिएको थियो । त्यो पनि दुई बर्ष वित्न नपाउदै असुरक्षा बढ्दै गएपछि धरान ३ चिनियाचौकमा सब्जी बजार सारिएको थियो ।

बर्षौदेखिको गुरु योजनालाई थाति राख्दा उपमहानगरपालिकाले वेफाइदा मात्र हैन करोडौको राजस्व समेत गुमाएको छ । सपिङ्ग कम्प्लेक्स बनाउने भनिएको क्षेत्रमा अहिले कोशी राजमार्गमा चल्ने लामा तथा छोटो दूरीका सवारी साधनको पार्किङ स्थल बनेको छ । यस स्थानमा दैनिक ५० देखि १ सय सम्म यस्ता सवारी साधनहरु राखिने गर्दा धरानको भानुचौक नै अस्तव्यस्त बनेको छ । यस ठाउँलाई उपमहानगरपालिकाले व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम समेत बढ्न थालेको छ । केही समय देखि ट्याक्सी, टेम्पो, ल्याण्डरोवर, माइक्रोबस त्यस ठाउँमा पार्किङ हुने गरेका छन् । अझ अहिले थपिएका सिटी सफारीले त्यस स्थान अझ अस्तव्यस्त बनेको छ ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved