प्राइम भिजनद्वारा वृक्षारोपण सहित अभिमुखिकरण

  • मंसिर २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले वृक्षारोपण गर्दै रोपण अभिमुखिकरण तालिम दिइएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डि.एच.एम.का विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने उद्देश्यका साथ बिरुवा रोप्ने विभिन्न प्रविधिको बारेमा अभिमुखीकरण तालिम दिइएको थियो । अभिमुखीकरणमा पवित्र नर्सरी धरानका संचालक दिवेश लिम्बुले सहजीकरण गरेका थिए ।

 

p-1

प्रत्येक विद्यार्थीलाई आ–आफ्नो गमला र बिरुवा ल्याएका थिए । वृक्षारोपण गरिएका विरुवाको हेरचाह पनि विद्यार्थीले आफैले गर्नुपर्छ । बिरुवाको हेरचाह गर्ने विद्यार्थीहरूले जीवनको हेरचाह गर्न पनि सक्षम हुन्छ भन्ने विश्वस रहेको प्राइम भिजनका सीईओ अभिषेक श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीहरूलाई जीवनको बारेमा सचेत गराउनु र सन्तुलित जीवन शैली बाँच्नु सिकाउनू हो, बिरुवाको हेरचाह त सानो इशारा मात्र हो ।’

प्रत्येक वर्ष विद्यार्थीहरू सक्रिय रूपमा यस्ता कार्यक्रममा भाग लिन्छन् । धरानमा ए.डि.एच्.एम् विषय पढाउने एक मात्र कलेज प्राइम भिजनको शिक्षण शैली र विद्यार्थीको तालिम फरक छ । कलेजले विद्यार्थीलाई शैक्षिक शिक्षा मात्रै नभई जीवन सीप, मानवता र सामाजिक चेतनासीप पनि सिकाउँने गरेको सिईओ श्रेष्ठको भनाई छ ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved