अंग्रेजी नयाँ वर्षमा इटहरीमा रिफ्रेस नाइट हुने

  • मंसिर २५, २०७८
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ ग्यालरी इभेन्टले अंग्रेजी नयाँ वर्षको अवसर पारेर इटहरीमा रिफ्रेस नाइट कन्सर्ट आयोजना गर्ने भएको छ । आगामी पुस १७ गते इटहरी रङ्गशालामा रिफ्रेस नाइट आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

कार्यक्रम संयोजक विजय गिरीका अनुसार राष्ट्रिय कलाकारहरू प्रमोद खरेल, अल्मोडा राना उप्रेती, प्रकाश सपूत लगायतका कलाकारहरूले प्रस्तुति रहने भएको छ । संयोजक गिरीले कार्यक्रमबाट बचेको रकम इटहरीमा मानसिक रोगीहरूलाई समेत संरक्षण गर्दै आएको माया घर नेपाललाई सहयोग गर्ने जानकारी दिएका छन् ।

 

G

कार्यक्रममा प्रदेश नम्बर १ मै चर्चित बिहानी डान्स सेन्टर इटहरीको प्रस्तुति समेत रहने छ । सांस्कृतिक कार्यक्रमका लागि प्रवेश शुल्क २ सय ५० रुपैयाँ राखिएको छ । कार्यक्रमका लागि ८ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ३५ सय दर्शकहरुले नाइटको मजा लिने आयोजकले दाबी गरेको छ ।

कोरोनाको जोखिमलाई साबधानी अपनाउदै कन्र्सटमा आउने दर्शकहरुले अनिवार्य मास्क प्रयोगलाई पहिलो प्राथमिक्तामा राखेको जनाइएको छ । पत्रकार सम्मेलनमा सामाजिक सञ्जाल टिकटक मार्फत समेत प्रचार प्रसार गर्न पूर्वका लोकप्रिय टिकटकर बिनोद बस्नेत, निलसन जोडी, सुजा रायमाझी, मनिका बोहोराहरुको समेत उपस्थिति रहेको थियो ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved