धरान । धरान–१६ स्थित यु.एन.नबोदय कलेजले नव आगन्तुक विद्यार्थीहरु सहित बिबिएस पहिलो वर्ष र कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि नवआगन्तुक बिद्यार्थीहरुलाई खदा र अबिर लगाएर स्वागत गरेका थिए । बि.बि.एस.पहिलो बर्ष र कक्षा–११ मा अध्ययनरत नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई सम्मान गरेको छ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथी ब्लाष्ट टाईम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, यु.एन.कलेजका प्रमुख एबम नबोदय प्लस टु का प्रीन्सिपल डम्बर कुमार तुम्बापो, नबोदय बिद्या मन्दिर बोर्डिङ स्कुलका भाईस प्रीन्सिपल बिद्या भूषण गुप्ता, प्लस टु कोअर्डिनेटर आकास अधिकारी लगायतले विभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई कलेजले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा बर्षको उत्कृष्ट विद्यार्थी लिशु लिम्बू, गरिमा बिकास बैंकमा कार्यरत कलेजका पुर्ब बिद्यार्थी फुर्वा शेर्पा, मितेरी बिकास बैंकमा कार्यरत पुर्ब विद्यार्थी बबिता चौधरी, कलेजका लेखा बिषयका अध्यापकद्वय एबम पुर्ब बिद्यार्थीद्वय कन्चन सुवेदी र सृजना गिरि रहेका छन् । त्यसै गरि आन्तरिक राजश्व कार्यालय धरानद्वारा केही दिन अघि आयोजित वक्तृत्वकला प्रतियोगीतामा पहिलो र दोश्रो हुने कक्षा–११ का छात्र दिपेन भण्डारी र कक्षा–१२ का अप्सरा खत्री रहेका छन् ।
बिद्यार्थीहरुको अथक मेहनत, अध्यापक, कर्मचारी लगायतको निरन्तरको परिश्रमका कारण यु.एन.नबोदय कलेज प्रदेस नम्बर १ मै बिद्यार्थीको रोजाईमा परेको क्याम्पस प्रमुख तुम्बापोले बताए । कलेजका अध्यक्ष ज्ञानेश्वर झाले गुणस्तरिय शिक्षा, संस्कार र अनुसासनकै कारण कलेजले सफलता पाएको बताए । कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत समेत प्रस्तुत गरे । कार्यक्रममा कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु बिजय आछामी, नाम्लिङ्हाङ चेम्जोङ, सुमन बास्कोटा, नुर खान, बिष्णु दाहाल, दिब्या झा, सृजना लिम्बू, बन्दना श्रेष्ठ, प्रोमोटर जगत नेम्बाङ, कृष्णमोहन झा लगायतको उपस्थिती रहेको थियो ।