किराया सुनसरीमा अध्यक्ष राजेन्द्र राई

  • मंसिर २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको अध्यक्षमा राजेन्द्र राई निवार्चित भएका छन् भने अन्य पदाधिकारीहरु निर्विरोध भएका छन् । अध्यक्षबाहेक अन्य पदाधिकारी र १६ जना कार्यसमिति सदस्य भने सर्वसम्मत चयन भएको थियो ।

यायोक्खाको ९ औं जिल्ला अधिवेशनमा शुक्रबार राती भएको निर्वाचनबाट प्रतिद्धन्दी हिन्दुहाङ राईलाई १० मतले हराउदै उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा विजयी राईले ५५ मत ल्याएका थिए भने पराजित भएका राईले ४५ मत पाएका थिए । अध्यक्षमा विजयी भएका राई यसअघिको कार्यसमितिमा सचिव थिए भने पराजित भएका राई उपाध्यक्ष थिए ।
उपाध्यक्षमा सुमित्रा राई र चन्द्रकला राई चयन भएका छन् भने सचिवमा नविन राई सर्वसम्मत चयन भएका छन् । यस्तै, सहसचिवमा शम्भु राई, रमेश राई र यलमहाङ राई सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ चयन भएका छन् भने सहकोषाध्यक्षमा मेनका राई चयन भएकी छिन् ।

सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ताको क्रममा नै सर्वसम्मत भएका थिए । उपाध्यक्षमा मनोनयन दर्ता गराएका रेवतीरमण राईले उम्मेदवारी फिर्ता लिए भने सहसचिवमा दुर्गाकुमारी राईले पनि उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत भएका थिए । अन्य १६ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved