समाचार

    Showing 5,721-5,730 of 8,609 items.
  • दश जना सांसद समाजवादीमा खुले

    विराटनगर/ प्रदेश नं १ का मुख्यमन्त्री भीम अचार्य नेतृत्वको सरकार गठन भएको एक सातामै अल्पमतमा परेको छ । एमाले विभाजन भई दल रोज्न उपलब्ध गराइएको समय अगावै प्रदेशका दश जना सांसदले नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेपछि प्रदेश सरकार अल्पमतमा परेको हो । बुधबार दश जना सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरमा सनाखत गरेका छन् । कुल ५१ मध्ये दश जना सांसद नेकपा(एकीकृत समाजवादी) तिर लागेपछि अव एमालेमा ४१ सांसद छन् । वहुमत पु¥याउन ४७ जना सांसद चाहिन्छ । गत भदौ १० गते शेरधन राईले राजिनामा गरेका थिए । त्यही दिन आचार्य संसदीय दलको नेता चुनिए । लगत्तै उनको नेतृत्वमा प्र

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 682 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • सरकारको नेतृत्व लिन कांग्रेसमा अलमल : कोइराला प्रति देउवा नकारात्मक

    विराटनगर/ नेपाली कांग्रेस भित्रको गुटगत झगडाका कारण प्रदेश नम्बर १ मा कांग्रेसले आफूले नेतृत्व लिने विषयमा जोडदार ढंगले माग उठ्न सकेको छैन । सरकारको नेतृत्व लिने विषयमा नेपाली कांग्रेसमा अलमल देखिएको छ । संसदीय दलको बैठकमा समेत एक नम्बर प्रदेश सरकार आफैंले नेतृत्व गर्ने विषयले प्रवेश नै पाएन । बरु भीम आचार्यको नेतृत्वमा सरका गठन गर्दा प्रक्रियागत त्रुटी भएको विषयलाई भने संसदीय दलको बैठकमा उठाइएको छ । कांग्रेस सचेतक सूयर्माराज राईले भने, “दलको बैठकमा टुक्रिएको पार्टीमा वहुमत रहेको देखाउन हतार हतार शेरधन राईले राजिनामा दिएको र भीम आचार्यको नेतृत्वमा सरकार गठन गराईएको विषयमा छलफल भएको

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 739 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • एक महिना पछि संक्रमण मुक्त माया घर

    इटहरी/ सडकमा बेवारिसे, अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको इटहरी स्थित माया घर नेपाल अन्ततः एक महिना पछि कोरोना संक्रमणबाट मुक्त बनेको छ । दोस्रो लहरको नयाँ भेरियन्ट सहित माया घरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गत असार २९ मा ५० जनाको स्वाब परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कुल ८२ जनालाइ संरक्षण गर्दै आएको माया घर देशनै कोरोनाबाट ग्रस्त बनेपछि शुरूवाती समयमा दैनिकि गुजार्न निकै कठिन परेको संस्थाकी प्रतिनिधि पार्वति भट्टराईले बताइन । इटहरीमा रहेका सामाजिक संस्था तथा अभिभावक उपमहानगर तथा स्वास्थ्यकर्मीहरूको निरन्तर साथ, सहयोग र हौसलाले एक महिना

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रथको साटो राधाकृष्ण खटयात्रा

    विराटनगर/ कोरोना संक्रमणका कारण यो वर्ष पनि विराटनगरमा श्रीकृष्ण रथयात्रा गरिएन । हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण मन्दिरबाट रथयात्रा निकाल्ने चलन थियो । कोरोना महामारीका कारण मंगलबार विराटनगरमा खटयात्रा निकालिएको छ । विगतमा ठूलो संख्यामा दर्शनार्थी भेला भई रथ तान्ने र पूजाआजा गरिन्थ्यो । रथलाई नगर परिक्रमा गराउन हजारौं भक्तजन सहभागी हुने गर्दथे । तर, विगत वर्ष झैं यो पटक पनि रथयात्रा सम्भव नभएपछि खटयात्रा निकालिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अध्यक्ष बाबुराजा ओझाले धार्मिक परम्परालाई निरन्तरता दिनकै लागि खटयात्रा निकालिएको बताए । यो पटक तीनपैनी चोकस्थित राधा

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजन कलेजद्वारा बिद्यार्थीलाई अभिमुखिकरण

    धरान/ धरान–१० स्थित प्राईम भिजन कलेजले माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) उत्तीर्ण गरि एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडिएचएम) र कक्षा–११ म्यानेजमेन्ट अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरि अभिमुखिकरण गरेको छ । इटहरीको गोरखा होटलमा कलेजका कोअर्डिनेटर अनिल श्रेष्ठ, अपरेसन म्यानेजर अभिषेक श्रेष्ठ, काउन्सुलर मधुसुदन कोइराला, एडमिनिष्ट्रेटिभ इन्चार्ज विशाल शंकर लगायतले बिद्यार्थीहरुलाई कलेजमा अध्ययन गर्नुपर्ने बिषयबस्तु, कलेजको शैक्षिक वातावरण, कलेजमा पालना गर्नुपर्ने नियमहरु आदिको बारेमा जानकारी गराए । कलेजमै अध्ययनरत विद्यार्थी प्

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्त्री कार्कीको पहलमा दोबानमा बन्यो पुल

    बराहक्षेत्र/ नेपाल सरकारका कानुन, न्याय तथा संसदिय मामिला मन्त्री एव् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा वराहक्षेत्र ८ को दोबान स्थित सुनसरी खोलामा पुल निर्माण भएको छ । स्थानीयवासीको आग्रहमा नेपाली कांग्रेसका नेता शंकर बस्नेतको सक्रियतामा मन्त्री कार्कीको पहलमा स्वीजरल्याण्ड दुतावासको आर्थिक सहयोगमा संघिय योजना मार्फत पुल निर्माण भएको हो । ४८ मिटर लम्बाई र १ सय ५० सेमिको चौडाईमा करिब ४१ लाख रुपैयाको लागतमा पुल निर्माण भएको हो । पुल उपभोक्ता समिति मार्फत परिवर्तन नेपालको प्राबिधिक र सामाजिक समन्वयमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतले बताए । शंकर बस्नेतलाई

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 891 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कबुलियत वन बनाउने सरकारी निर्णय अन्यौलमा

    उदयपुर/उदयपुरको बेलका नगरपालिका क्षेत्रमा सप्तकोशी नदी अन्तरगत पर्ने नदी उकास जमिनमा कबुलियती वन बनाउने सरकारी निर्णय भूमाफियाहरुले जग्गा कब्जा गर्दै आएका कारण अन्यौलमा परेको छ । सप्तकोशीले धार परिर्वतन गरी पुर्व तर्फबाट बग्न थालेपछि नदी उकास जमिन अन्तरगत निस्किएको करिब आठ हजार हेक्टर जमिनमध्ये अधिकांश जमिन भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । जमिन मध्ये नेपाल सरकारको मन्त्री परिषद्ले १ सय ७६ दशमलव २३ हेक्टर जमिनमा कबुलियती वन बनाउन निर्णय गरे पनि जग्गा कब्जा गर्दै आएकाहरुको दवावका कारण सरकारी निर्णय अन्यौलमा परेको हो । गत जेठ ६ गतेको मन्त्री परिषदको वैठकले सप्तकोशी नदीको उकास जमिन मध्ये

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 692 पटक पढिएको
    • "तेजबहादुर वन"
  • कानुनमन्त्री नै कानुन मिच्दै

    इटहरी/ नेपाल सरकारको गृह मन्त्रालयले कोरोनाबाट जोखिम मानिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गर्दै मानिसहरूलाइ भिडभाड एवम सभा सम्मेलन गर्न निषेधित गरे पनि सुनसरीमा भने प्रहरी प्रशासनकै संरक्षणमा दैनिक जसो सभा सम्मेलन हुदै आएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । सोमबार पुनः भदौ २२ गते सम्मलाई निषेधाज्ञा घोषणा गरेको छ । तर निषेधाज्ञाको अवज्ञा गर्दै बहालवाला मन्त्रीनै सभा सम्मेलनमा सक्रिय भइरहेको छन् । सरकारका प्रवक्ता एवम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की गत भदौ १० गते देखि आफ्नो निर्वाचन क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर ४ भि

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 671 पटक पढिएको
    • "तेजबहादुर बन"
  • काँग्रेस नेतृत्वको सरकार गठन गर्न सचिवहरूको माग

    विराटनगर/ नेपाली कांग्रेस प्रदेश–१ का जिल्ला सचिवहरूले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार गठन हुनु पर्नेमा जोड दिएका छन् । धनकुटाको भेडेटारमा दुई दिनसम्म चलेको भेलाले १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै केन्द्रको गठबन्धनलाई प्रदेशमा समेत निरन्तरता दिँदै १ नम्बर प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएको हो । भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, “कांग्रेस नेतृत्वमा निर्मित दलीय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थाले सिर्जना भएको राजनीतिक घटनाक्रमबाट प्रादेशिक सरकारसमेत गठबन्धनकै भावना अनुरूप परिवर्तन हुने अवस्था निर्माण

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशीको पानीबोट उपयोग विहीन

    बराहक्षेत्र/ पर्यटन प्रवद्र्धन गर्न सप्तकोशीमा पानीबोट संचालनका लागि प्रदेश नं १ सरकारले १३ लाख रुपैयाको लगानीमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ९ लाई पानीबोट दिएको थियो । सप्तकोशीमा पानीबोट संचालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य लिए पनि अहिले बोट कोशी नदिमा डुब्दै गएको छ । प्रदेश सरकारको अनुदानको बराहक्षेत्रले दुरुपयोग गरेको छ । बराहक्षेत्रले न त पानीबोटको सदुपयोग गर्न सक्यो, न त कुनै लाभ लिन सकेको छ । कोशी डुब्दै गए पनि स्थानीय सरकारले नदेखे झै गरिरहेको छ । पानीबोट अनुदानमा पाएको २ बर्ष बिति सक्यो तर अहिले सम्म संचालन हुन सकेको छैन् । स्थानीय सरकारले संरक्षण गर्न नसक्द

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 1,030 पटक पढिएको
    • "संगम बिष्ट"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved