धरानलाई स्वच्छ बनाउने मेयर साम्पाङको अभियान: दीर्घकालीन डम्पिङ साइडको योजना भने छैन

  • भदौ ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान उपमहानगरपालिका प्रदेश नं. १ मा स्वच्छ र सफा सहरको रुपमा लिएपनि यही सहरको फोहोरकै कारण धेरैले दुःख समेत पाएका छन् । धरानलाई भौगोलिक रुपले समेत साथ दिएकोले धरानमा थुप्रिएका फाहोर धरान आपसासका बस्तीहरुमा समस्या हुने गरेको छ ।

केही बर्ष अघि सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने भरौलका कृषकहरुले ट्याक्टरमा फोहोर ल्याएर उपमहानगरपालिकाको प्रांगरण अगाडि थुपारिदिएका थिए । धरानबासीले फालेको फोहोरले कृषि उत्पादनमा ह्रास आएको, स्वास्थ्यमा प्रतिकूल असर गरेको भन्दै उनीहरुले व्यांग्यात्मक शैलीमा उपमहानगरपालिकाको प्रांगरण अगाडि एक ट्याक्टर फोहोर फालेका थिए ।

धरानमा फोहोर समस्या नभए पनि फोहोर व्यवस्थापनमा सबैभन्दा समस्या भएको छ । धरान उपमहानगरपालिकाको फोहोर व्यवस्थापन नहुदा धरानको चारकोशे झाडीमा फोहोर फाल्ने गरिएको छ । यहाँ फालिएको फोहोर सुनसरीको भरौल, डुम्राहा, सिंगियालगायतका सर्वसाधारणको खेतमा पुग्ने गरेको छ ।

बक्लौरीबासीहरुले विरोध जनाउदै आन्दोलन गरेपछि अहिले धरान उनगरपालिकाले सेउती खोलामा फोहोर फाल्न छाडेको भएपनि धरान ८ मा रहेको चारकोशे झाडीमा फाहोर फाल्ने गरेको छ । तत्कालीन नगरपालिकाका समाज विकास अधिकृता सुनिल नेपालले बक्लौरीबासीले विरोध जनाएपछि सेउती खोलामा सिधै फोहोर फाल्न छाडिएको त्यस समयमा बताएका थिए ।

सेउती र सर्दु खोलामा फोहोर नफाले पनि अहिले जंगलभित्र फाहोर फाल्ने गरिएको छ । मुख्य गरेर धरान र इटहरी उपमहानगरपालिकाले यसरी जंगलमा फाहोर फाल्ने गरेको छ । यसरी फालिएको फोहोरले वस्ती वरपर समस्या भएको भन्दै बाझगरा सामुदायिक वन उपभोक्ता समितिले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । बााझगरा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष कुमार भारतीले सामाजिक सञ्जाल फेसशुकमार्फत बाझागरा सामुदायिक वन क्षेत्रमा फोहोार नफाल्न उपमहानगरपालिकालाई आग्रह गरेका थिए । उनले सामाजिक सञ्चाल फेसबुकमा भनेका छन् ‘वाताबरण प्रमुख नगर प्रमुख सहित स्थलगत रुपमा गएर यथाशीघ्र सो ठाउँहरुको फोहोर व्याबस्थापन गरियोस अन्यथा सो ठाउँमा फोहोरको गाडी छिर्न नदिन फोहोर फाल्ने स्थलमा तालाबन्दी गर्नुमा हामी बाध्य हुनेछौ ।’

बर्षौदेखि उपमहानरपालिकाले सो क्षेत्रलाई डम्पिन साइड बनाएपछि उनीहरुले यस अघि पनि पटक पटक उपमहानगपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

चारकोशे झाँडीमा फोहोर फाल्नु वन ऐन विपरीत                                                                                                                       चारकोशे झाडीमा फालिएको फोहोर वन ऐन विपरीत भएको देखिएको छ । वातावरण संरक्षण ऐन २०५३, वन ऐन २०४९ र फोहोरमैला व्यवस्थापन नियमावली २०७० आदि ऐनविपरीत रहेको छ । वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा १ ले वनमा फोहोर फाल्न निषेध गरेको छ । जसमा प्रस्ट लेखिएको छ, ‘कसैले पनि वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने गरी वा जनजीवन र जन स्वास्थ्यको लागि खतरा हुन सक्ने किसिमले प्रदूषण सृजना गर्न वा तोकिएमा मापडण्ड विपरीत कुनै यान्त्रिक साधन, औद्योगिक प्रतिष्ठान वा अन्य ठाउँबाट ध्वनी, ताप, रेडियोधर्मी विकिरण तथा फोहोरमैला निष्कासन गर्न, गराउन हुँदैन ।’

वन ऐन २०४९ ले त सामुदायिक वनलाई डम्पिङ साइट बन्न निषेध गरेको छ । फोहोरमैला व्यवस्थापन नियमावली २०७० ले पनि फोहोरमैला व्यवस्थापनमा कुरालाई उल्लेख गरेको छ । नियमावलीको नियम ४ को उपनियम ३ मा लेखिएको छ, ‘स्थानीय निकायले फोहरमैला निष्कासन तथा सोको व्यवस्थापनका लागि समय, स्थान र तरिका निर्धारण गर्दा जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभाव र त्यसको न्यूनीकरणका उपायहरू समेतलाई ध्यान दिनु पर्नेछ ।’ यो नियमलाई धरान र इटहरी उपमहानगरपालिकाले उल्लंघन गरेको पाइएको छ । नियमावलीको धज्जी उडाउने काम उनीहरुले गरेका छन् ।

धार्मिक पर्यटकीय क्षेत्रकै फोहोर उठ्दैन

धरानलाई सफा र सुन्दर सहरको रुपमा चिनाउने उद्देश्यले केही समय अगाडि धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ राईले धरानको मुुटु मानिएको भानुचौकमा फोहोर टिप्दै सर्वसाधारणलाई फोहार नफाल्न आग्रह गर्दै हिडें ।

फोहोर फाल्नेलाई जरिवानासम्म गर्ने उनले सर्वसाधारणलाई बताए । सरसफाई कार्यक्रममा मेयर साम्पाङसँगै विगतमा उनको अभियानलाई सघाउने सहयोगी तथा नगर प्रहरीले समेत साथ दिए । तर धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा महिनौसम्म फोहोर नउठ्ने स्थानीयहरुले बताएका छन् । अहिले पनि धरानका मठमन्दिरमा जाने हो भने यत्रतत्र फोहोर थुपारिएको पाइन्छ । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर नजिक रहेको सरस्वती सरोवारदेखि माथिल्लो भागमा रहेको रुखको फेदमा सर्वसाधारणले फोहोर फाल्ने स्थान बनेको छ । यस्तै दन्तकाली मन्दिरको फोहोर व्यवस्थापन गर्ने स्थान नजिकै रहेको जंगलमा रहको छ । सो क्षेत्रमा विहान मर्निङवाक हिड्नेहरुले नाक थुनेर हिड्नुपर्ने अवस्था रहेको छ ।

स्थानीयहरुले समेत पर्यटकीय स्थल भएपनि उपमहानगरपालिकाले समयमै फोहोर उठाउन नआउने गरेको बताएका छन् । धरान १४ का स्थानीय कर्णबहादुर राईले धरान १४ मा सफा गर्ने र फोहोर व्यवस्थापन गर्ने कर्मचारी समयमै नआउने गर्दा बाटोमै फोहोर डंगुर हुने गरेको बताउँछन् ।

विजयपुरमा प्रत्येक शुक्रबार फोहोर बोक्ने गाडी जाने गरेको स्थानीयले बताएका छन् । आफूहरुले सरसफाइ गरेर राखेपनि फोहोर व्यवस्थापनमा समस्या भएको दन्तकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनाल बताउँन् । मन्दिर तथा आसपास फोहोर उठाउन नआउदा सबैलाई असजिलो भएको दन्तकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनाल बताउछन् । फोहोरकै विषयलाई लिएर काठमाण्डौ महानगरपालिकाका मेयर वालेन साह र धरानका मेयार साम्पाङबीच सामाजिक सञ्जालमा दोहोरी नै चल्यो । बहसका विषय भने काठमाण्डौमा फोहोर नउठेको विषय रहेको थियो । काठमाण्डौमामात्र हैन धरानमा पनि दीर्घकालीन डम्पिङ साइडको व्यवस्थापन भएन पनि भोलिका दिनमा काठमाण्डौको समस्याजस्तै विकराल समस्या धरानमा पनि हुन सक्छ, यसतर्फ पनि उपमहानगरपालिकाले हेक्का राख्न जरुरी भइसकेको छ ।

फोहोर प्रसोधन केन्द्र धरानको फोहोर व्यवस्थापनमा सहयोगी बन्दै

धरानबासीले फालेको फोहोर धरान उपमहानगरपालिकाले संकलन गर्ने र त्यही फोहोर ल्याएर कुहिने र नकुने छुट्याएर सिएनजी ग्याँस र मल बनाउने जानकारी धरान ६ पानबारीमा रहेको फोहोर प्रसोधन केन्द्रको काम हो । कुहिने र नकुहिने फोहोरलाई छानेर ग्याँस र मल उत्पादन गर्ने गरेको र यहाँ उत्पादन भएको ग्याँस अहिले धरानमा चार वटा टेम्पोमा प्रयोग बताउदै ३ सय वटा टेम्पोलाई पुग्ने ग्याँस उत्पादन हुने सञ्चालकहरु बताउछन् ।

केन्द्रका सञ्चालक समितिका सदस्य विपुलराज पाण्डेले यो प्रशोधन केन्द्रको सम्पूणदिनको २ हजार केजी ग्यास उत्पादन बताए । उनले अहिले यहाँ उत्पादन भएको एनजी ग्याँस ४ चारवटा टेम्पोलाई उपलब्ध गराउदै आएको बताउदै धरान ८ भोटेपुलमा ग्याँस वितरणका लागि हिमालय पेट्रोल छेउमा पम्प राखेका बताए ।

उनले प्रशोधन गरेर उन्नत किसिमको मल उत्पादन गरेको बताए । उनले अहिले दैनिक ३ सय केजी मल उत्पादन हँुदा समेत समेत कृषकलाई मल पु¥याउनै धौ धौ भएको बताए ।

तर कुहिने फोहोर त्यहाँ प्रयोग गरिए पनि नकुहिने फोहोर पुन ः चारकोशे झाडीमै पुग्ने गरेको छ । कुहिने फोहोरका लागि फोहोर प्रशोधन केन्द्रले फोहोर व्यवस्थापनमा सहयोगी भएपनि नकुहिने जस्तै, प्लाष्टिक जन्य सामाग्री, सिसा लगायतका सामाग्री पुन ः जंगलमै लगेर व्यवस्थापन गर्ने गरिएका कारण व्यवस्थापनमा समस्या भएको हो ।

फोहोरलाई मोहर कमाउदै वातावरण स्वच्छ बनाउन धरान ६ पानबारीमा सञ्चालन गरेको भेञ्चर टु इनर्जी प्रा.लि.द्वारा सञ्चालित यो फोहोर प्रशोधन केन्द्र २० बर्षपछि सञ्चालकहरुले धरान उपमहानगरपालिकाको पूर्ण स्वामित्वमा आउने गरी हस्तान्तरण गर्ने सम्झौता भएको छ । करिब १ विगाह क्षेत्रफलमा फैलिएको प्रशोधन केन्द्र वातावरण प्रदुषणका लागि सहयोग बने पनि प्रशोधन केन्द्रमा प्रयोग नहुने फोहोरको दीर्घकालीन व्यवस्थापन चारकोशे झाडी नै रहेकोले धरान उपमहानगरपालिकाले दीर्घकालीन डम्पिङ साइडको व्यवस्थापनमा लाग्न जरुरी भइसकेको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved