मेयर र्हक साम्पाङको कानुन विपरीत अभिव्यक्ति : श्रमदान नगर्ने विद्यार्थीलाई फेल गराउने धम्की !

  • भदौ १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

जिराेपाेइन्ट । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समय समयमा सामाजिक सञ्जाल फेशबुक स्टाटसबाट दिने गरेको अभिव्यक्ति विवादस्पाद हुने गरेका छन् ।
दोस्रो निर्वाचनबाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित भएर मेयर बनेका मेयर साम्पाङको पछिल्लो अभिव्यक्ति झनै विवादास्पद बनेको छ ।
सामाजिक सञ्जालमा लेखेकै कुरामा विवादमा आइरहने मेयर साम्पाङ केही समय अगाडि काठमाण्डौको फोहोर व्यवस्थापनमा बोलेका कुरामा विवादमा आएका थिए । पछिल्लो समय उनले फेरि एउटा कानुनलाई समेत प्रभावित पार्ने खालेको अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सबैको चर्चाको विषय बनेको छ ।

बुधबार साँझ उनले आफ्नो सामाजिक सञ्जालमा श्रमदान नगर्ने विद्यार्थीलई कक्षामा उत्तिर्ण नगराइने अभिव्यक्तीका कारण उनी पुनः विवादमा तानिएका छन् । उनले लेखेका छन्,“ धरानमा नगरको बिकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिनेछ ! श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता !”
साम्पाङको यो अभिव्यक्तिप्रति धेरै सामाजिक सञ्जाल प्रयोकर्ताहरुले आपत्ति जनाएका छन् । विद्यार्थीलाई श्रमदान गराउने कानून विपरीत भएको भन्दै सञ्जालमा आलोचना हुन थालेपछि उनले पुनः अर्काे स्ट्याटस लेख्दै प्रष्ट पार्न खोजेका छन् उनले लेखेकाछन्, “कक्षा ९, १०, ११ र १२ मा पढ्ने विद्यार्थीले वर्षमा ७ दिन सकेको श्रम गर्नुपर्ने उनले बताए । त्यो श्रम सरसफाइ, वृक्षारोपणलगायत जे पनि हुन सक्छ । ”

नेपालको कानूनले बाल श्रमलाई निषेध गरेको छ । १४ वर्षसम्मको बालबालिकालाई कुनै पनि किसिमको काममा लगाउने नपाइने तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा उल्लेख छ । तर मेयर साम्पाङ भने आफूले सामाजिक सञ्जालमा उल्लेख गरेको कुराले कानुनी रुपमा अनर्थ नलाग्ने प्रस्टोक्ति दिउका छन् । कोशीपत्रले बालबालिकाको श्रमको विषयमा सोधेको प्रश्नमा उनले बालबालिकालाई श्रम गर्नका लागि कडा परिश्राकमा काम लगाउने नभई श्रम संस्कृतीको विकास गर्न खोजेको आसय भएको अभिव्यक्ति दिए ।

उनले भने,“हाम्रो शिक्षाले हामीलाई गफ गर्न मात्र सिकायो गफाडी बनाउन खोज्यो त्यसैले मैले ठूलो क्रान्तीको सुरुवात गर्न खोजेको हो । ” साम्पाङले आफूले प्रस्ताव मात्र राखेको बताए । उनले भने,“नगरपालिकाले गरेको सरसफाई कार्यक्रममा वर्षको सात दिन फोहर टिप्दा उनीहरु मर्छन् र ? मैले श्रम संस्कृतिको सुरुवात मात्र गर्न खोजेको हो ।” सोधेको प्रश्नलाई प्रष्ट नबनाई मेयर साम्पाङ फोन सम्पर्कबाट विच्छेद भए ।

यता धरान उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखका शाखा प्रमुख रमेश कुमार शाह मेयरको उक्त स्ट्याट्स गलत भएको दाबी गर्छन् । उनले भने,“तपाई हामीले सामान्य हिसाबले बुझ्दा नै यो त गलत हो, उहाँले यस्ता खालका स्ट्याटस हाल्दा न हामीसँग सरसल्लाह गर्नुु हुन्छ मेयरसाबले यस्तो खालको अभिव्यक्ति नदिएको भए राम्रो हुन्थ्यो ।” “मेयर जस्तो पदमा बहाल रहेको मान्छेले प्रक्रियागत ढंगले कार्यपालिकाबाट पास गरेर गरेका भए राम्रो हुन्थ्यो यसरी सार्वजनिक अभिव्यक्ति दिनु राम्रो हैन् ।” उनले भने ।

यस्तै धरान उपमहानगरपालिकाका नगरबाल सञ्जालका अध्यक्ष ऐनिस रेग्मीले पनि मेयरको उक्त अभिव्यक्ती प्रति आपत्ति जनाएका छन् । सरकार प्रमुख जस्तो गरिमामाय स्थानमा बसेको व्यक्तिले यस्ता किसिमको सस्तो अभिव्यक्ती दिन नसुहाउने उनले बताए । नगर प्रमुखले धरान नगरलाई बाल श्रम मुक्त नगर घोषणा गर्न अगाडि बढ्नुपर्नेमा यस्ता कसिमको अभिव्यक्ति दिनु गलत भएको उनको भनाई छ ।

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

गुप्त वराहस्थलको जीर ...

बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved