अनलाइन गेमिङ खेलाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ

  • भदौ ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वान एक्स वेट एप्लिकेशनद्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक–८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्ञ्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दमक नगरपालिका–७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउपालिका–२ का ३० बर्षीय अरुण कार्की तथा ब्रिटिश आर्मी टे«निङ सेन्टर दमकका सञ्चालक ३३ बर्षीय राजु लिम्बु रहेका छन् । । गोप्य सुचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका उनीहरुलाइृ प्रहरीले सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेकाो हो । पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वान एक वेट एप्लिकेशन द्वारा पैसाको हारजित हुने खेल खेलाउन गरेको प्रहरीले जनाएको छ ।ा यो खेल खेल खेलाउन उनीहरुले अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट एनसिएल सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने इ सेवा खाता खोली लाखौंको कारोबार गर्ने गरेको पाइएको जनाइएको छ ।

उनीहरुले कन्सल्टेन्सीमा आउने बिद्याार्थीहरुको प्रयोगको लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र एसइइको प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका एनसिएलका सिमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवाइल, ल्यापटप ४ थान, प्रजापति सापकोटा वोर्ड च्याम्पियन दमक १ लेखिएको स्ट्याम्प १ थान , हेड टिचर लेखिएको स्ट्याम्प १ थान, डिक बहादुर गुरुङ लेखिएको स्ट्याम्प १ थान , मादी म्युनिसिपालिटी ३ नंं वार्ड अफिस, संखुवासभा लेखिएको स्ट्याम्प १ थान, गर्भरन अफ नेपाल मिनिष्ट्री अफ एजुकेशन लेखिएको स्ट्याम्प १ थान , नेपालको निशान छाप भएको स्ट्याम्प १ थान , नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान, ग्लोबल एजुकेशनल एकाडेमी लेखिएको स्ट्याम्प १ थान र नेप्लिज आर्मी रेकर्ड अफिस २०४३ लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ । पक्राउ परेको यो समुहलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved