प्रदेश १ खेलकुद वोर्ड सदस्य सचिवद्वारा कर्भडहलको अवलोकन

  • भदौ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश १ महिला पुरुष बास्केटवल खेलाडी र जुडो खेलाडि छनौट प्रतियोगताका लागि प्रदेश १ खेलकुद वोर्डका सदस्यसचिव हंसराज वाग्लेले आइतवार धरान १६ धरान रंगशाला स्थित इन्डोर कर्भडहल अवलोकन गरेका छन । सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा आउने क्रममा आइतवार उनले अवलोकन गरेका हुन । वर्षायामको वेला प्रतियोगिता आयोजनाको लागि इन्डोर कोर्ट उपयुक्त हुने वताउदै प्रदेश १ बास्केटवल र जुडो खेलाडी छनौट प्रतियोगिताको लागि आवश्यक तयारी सुरु गर्न सुनसरी खेलकुद विकास समितिलाई निर्देशन समेत दिएका छन ।

नेपालमा नै बास्केटवल खेल धरानबाट सुरु भएको बास्केटवल खेलका दिग्गजहरुले वताउदै आएका छन् । वास्केटवल खेलको उर्वरभूमि मानिने धरानमा इन्डोर र आउटडोर दुवै राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सकिने बास्केटवल कोर्ट उपलव्ध छन् । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत बास्केटवल खेलको राष्ट्रिय प्रतियोगिता धरानमा नै भएको थियो । केही समय अघि नेपालमा संपन्न १३ औ सागको तयारीका लागि धरानमा बास्केटवल खेलको ४९ दिन क्लोज क्याम्प समेत राखिएको थियो । क्लोज क्याम्पमा महिला र पुरुष ६४ जना खेलाडीहरु सहभागी रहेका थिए । सोही कर्भडहलमा प्रदेश १ वास्केटवल र जुडो खेलका खेलाडी छनौट प्रतियोगिताका लागि सदस्यसचिव वाग्लेले अवलोकन तथा निरिक्षण गरेका हुन् ।

सुनसरीको धरानमा फुटवल खेलको महिला पुरुष, वक्सिङ्ग खेलको महिला पुरुष र क्रिकेट खेलको छनौट खेल भइसकेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved