पम्पको शौचालय प्रयोगको विषयमा छलफल: सार्वजनिक रुपमा शौचालय प्रयोग गर्दा समस्या हुने व्यवसायीको भनाई

  • भदौ ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि प्रयोगमा ल्याउने विषयमा विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ ।

विराटनगर क्षेत्रभित्र रहेका पेट्रोलपम्पका सञ्चालकलाई बोलाएर महानगरले शौचालय प्रयोगका विषयमा छलफल गरेको हो । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ, हराभरा र व्यवस्थित बनाउने दायित्व महानगरवासीको पनि भएकाले शौचालय प्रयोगका विषयमा सरोकारवालासित छलफल गरिएको मेयर नागेश कोइरालाले बताए । उनले भने ‘महानगर बनाउने दायित्व यहाँका हरेक नागरिकको होे पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि ओपन गरौं ।’ पेट्रोलपम्पका शौचालयलाई सार्वजनिक रुपमै प्रयोग गर्न दिन उनले पेट्रोल पम्प सञ्चालकलाई आग्रह समेत गरे । उपमेयर शिल्पा निराला कार्कीले पेट्रोलपम्पमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिएबापत महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘हामी सरसफाई, सेनेटरी प्याड के–केमा हुन्छ सहयोग गर्न तयार छौं तर यसमा तपाईंहरूले सहयोग गर्नुप¥यो ।’

महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले छलफल सकारात्मक भएकाले चाँडै नै यसले मूर्त रुपमा लिने दाबी गरे । महानगरको सामाजिक महाशाखाका प्रमुख पुनम दाहालले सहजीकरण गरेको कार्यक्रममा पेट्रोलियम डिलर्स एसोसिएसनमा आबद्ध व्यवसायीहरूले शौचालय प्रयोग गर्न दिन आफूहरू तयार रहेको बताए । ‘सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन तयार छौं, तर सार्वजनिक नै भनेर लेखेरै प्रयोगमा ल्याउँदा समस्या आउँछ,’ एसोसिएसनका प्रदेश महासचिव रुद्र कार्कीले भने, ‘संवेदनशील क्षेत्र भएकाले चुरोट खाने, जथाभावी फोहोर गर्ने समस्या आउन सक्छ त्यसतर्फ पनि सचेत हुनुपर्छ ।’

एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल बिडलाले सार्वजनिक शौचालयकै रुपमा प्रयोग गर्दा पेट्रोलपम्पहरूको सुरक्षामा भने चुनौती देखिने उल्लेख गरे । महानगर क्षेत्रभित्रका पेट्रोलपम्पमा रहेका शौचालयहरूको अवस्थाको अनुगमन गरी व्यवस्थित बनाउनका लागि महानगर, नेपाल आयल निगम र पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि रहने गरी समिति गरिएको छ । समितिले दिएको सुझावका आधारमा पेट्रोलपम्पमा रहेका शौचालयलाई सर्वसाधारणका लागि कसरी प्रयोग गर्ने भन्ने विषयमा निष्कर्षमा पुगिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved