खेमराज गुरुङ स्रष्टा सम्मान दीप र भविनलाई

  • भदौ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालकै चर्चित गायक स्व. खेमराज गुरुङको स्मृतिमा सञ्चालन भएको खेमरामा गुरुङ ट्रष्टले स्व. गायक गुरुङको स्मृतिमा नेपालका संगीतका दुई सर्जक दीप श्रेष्ठ र गायक भविन ढुंगानालाई सम्मान एवम् पुरस्कृत गरेको हो ।

संखुवासभाको खाँदबारीमा ट्रष्टको कार्यालयमा आयोजित एक कार्यक्रमबीच

ट्रष्टले यो वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी श्रेष्ठलाई र प्रतिभा पुरस्कार गायक ढुंगानालाई प्रदान गरेको हो ।

२०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीत‚ संगीतको क्षेत्रमा उदाएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् भने लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को निर्णायक समेत भइसकेका श्रेष्ठलाई ट्रष्टले ५० हजार रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो ।

यसअघि वरिष्ठ गीतकार रत्नसम्शेर थापा (२०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश (२०७६)लाई स्रष्टा समान पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ट चारमा पर्न सफल ढुंगाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको संगीत सल्लाहकार थिए । दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुंगाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन् । उनलाई प्रतिभा पुरस्कारवापत २० हजार प्रदान गरिएको थियो ।

यसअघि प्रतिभा पुरस्कार मेलिना राई (२०७४), ओमप्रकाश राई (२०७५) र सुसन लामा (२०७६)लाई प्रदान गरिएको थियो। २०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड–१९ महामारीका कारण स्थगित गरिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved