धरान । केही समय यता धरान १४ विजयपुरमा रहेका ऐतिहासिक मठमन्दिरका इतिहास नामेट हुने खतरा बढेर गएको छ ।
मन्दिरको पुननिर्माण, मन्दिरका जीर्ण भागको मर्मत लगायतका काम गर्दा ऐतिहासिकता झल्किने मठ मन्दिरहरुको स्वरुप नै परिवर्तन भएर इतिहास नामेट हुन थालेका हुन् ।
यस्ता ऐतिहासिक परातात्विक वस्तुको संरक्षण हुन नसक्दा ऐतिहास नै नामेट हुने खतरा बढेको धरान १४ का स्थानीयरु बताउछन् । पिण्डश्वर मन्दिरमा करिब दुईसय बर्ष अगाडिको जोडी घण्टी रहेका छन्, यस्तै मन्दिरका मूर्तिहरु पनि सोही अवधिका रहेको त्यहा उल्लेखित मितिबाट प्रष्ट हुन्छ । तर अहिले संरक्षण हुन नसक्दा घण्टी र मूर्ति नै जीर्ण बन्दै गएको अवस्था रहेको स्थानीय दामोदर अर्याल.बताउँछन् । उनले भने–‘मन्दिरमा रहेका पुराना घण्टा, मूर्तिहरु जीर्ण बन्दै गएका छन्, मन्दिरलाई जीवित राख्ने नाममा रंगरोगन गर्ने कार्यले मन्दिरको ऐतिहासिकता हराउदै गएको छ, यसको संरक्षण समयमै गरिएन भने इतिहास नै नामेट हुने अवस्थामा पुग्ने खतरा छ ।’
अझ यो भन्दा पनि मन्दिर मन्दिरमा अगाडि ट्रष्ट लगाउने, मन्दिर आसपासमा मन्दिर छेकिने गरी व्यापार व्यवसाय गर्नेहरुका कारण पिण्डेश्वर मन्दिर पहिलो पटक आएका सर्वसाधारण मन्दिरकै छेउमा पुगेर झुक्किने गरेको पाइएको पाइएको मन्दिरका पूजारीहरु बताउँछन् । पुजारी विनोद घिमिरे भन्छन्–‘मन्दिर अगाडि बनाइएका टहरा, ट्रसले मन्दिरको अगाडि भाग नै छोपिएको छ, भक्तजनहरु समेत पिण्डेश्वर मन्दिर आउदा झुक्किने गर्छन ।’ उनले दाताहरुल मन्दिरमा पुरातात्विक विभागसँग समन्वय नगरी मन्दिर छेकिने गरी ट्रस बनाईदिने, जीर्ण मन्दिरमा रंग लगाइदिने गरेका कारण मन्दिरको ऐतिहासिकता नै नामेट हुने खतरा बढेर गएको बताए ।
हुन त स्थानीय स्तरमा रहेका मठमन्दिरको संरक्षण गर्न जिम्मा स्थानीय सरकारको हो । तर स्थानीय सरकार्ले समेत मन्दिरको इतिहासलाई जीवन्ता राख्न पुरातात्विक विभागसँग सहकार्य गर्न नसक्दा पिण्डेश्वर मन्दिरको ऐतिहासिता नामेट हुने खतरामा पुगेको हो । धरान उपमहानगरपालिका १४ नं. वडा समितिका वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पछिल्लो समय दाताहरुले मन्दिरको रंगरोगन गर्दा इतिहास नजोगाउने, मन्दिर वरपर मन्दिर नै छेकिने गरी बनाइएका भौतिक संरचनाका कारण पिण्डेश्वर मन्दिरका अस्तित्व नै समाप्त हुन लागेको कुरामा स्वीकार गरे । उनले भने–‘स्थानीय सरकार, पुरातात्विक विभाग, मन्दिर व्यवस्थापनसँग समन्वय नगरी जथाभावि संरचनालाई पुननिर्माण गर्ने, रंगरोग गर्ने कार्यले मन्दिरको ऐतिहासिकता नामेट हुने अवस्थामा पुगेको छ, यस विषयमा सबैसँग छलफल गरेर यसलाई रोक्नुपर्ने आवश्यता भइसकेको छ ।’ उनले ऐतिहासिक, पुरातात्विक वस्तुको संरक्षणमा पुरातत्व विभागसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
हुन त पिण्डेश्वर मन्दिरको व्यवस्थापन गन बनेको मन्दिर व्यवस्थापन समिति, पिण्डेश्वर बाबाधाम समितिबीच एक आपसमा सहकार्य नै छैन । स्थानीय सरकार, मन्दिर व्यवस्थापन समिति, पिण्डेश्वर बाबाधाम समिति बीच तालमेल नहुनु र सम्बन्धित निकायले यसतर्फ ध्यान दिन नसक्दा पिण्डेश्वर मन्दिरको मात्र हैन अन्य मन्दिरको इतिहास नै नामेट हुने खतरा बढेर गएको छ ।