धरान । जिल्ला स्तरीय नृत्य प्रतियोगितामा बराहक्षेत्रको जीवन ज्योति इङलिस स्कुल प्रथम भएको छ ।
केन्द्रीय प्याब्सनको आयोजना तथा जिल्ला प्याब्सन सुनसरीको संयोजनमा शनिवार बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको सिद्धार्थ मेमोरियल स्कुलमा भएको प्रतियोगितामा दोस्रो स्थान आरंभ विद्या मन्दिर रामधुनी , तेस्रो स्थान हिमशिखर माध्यमिक विद्यालय तरहरा चौथो स्थान डीपोड स्कूल धरान र पाचौं स्थान स्मल हेवेन एकेडेमीले हासिल गरेको जिल्ला प्याब्सनका उपाध्यक्ष बिजय कुमार राईले बताए ।
उक्त प्रतियोगितामा गाउपालिका , नगरपालिका , उपमहानगरपालिका भित्र रहेको बिधालयहरु संग प्रतिस्पर्धा भएर प्रथम भएका ५ वटा बिधालयले सहभागी जनाएको जिल्ला प्याब्सनका उपाध्यक्ष राईले बताए । प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालयहरु प्रदेश स्तरीय लोक नृत्य प्रतियोगितामा सहभागी हुनेछ ।
कार्यक्रममा जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष अनुप योन्जन तामाङको सभापति रहेको कार्यक्रममा प्याब्सन प्रदेश नम्बर १का उपाध्यक्ष ज्ञानेन्द्र दाहालको प्रमुख अतिथि रहेको कार्यक्रममा प्याब्सनको विभिन्न पदम आबद्ध ब्याक्तीहरु विद्यार्थी शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।