सुनसरी । आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिषरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए । छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा दे
धरान । यातायातका साधनहरुबाट हुने गरेको वातावरणीय प्रभावलाई कम गर्न धरान स्थित बराह ग्रुप अफ कम्पनीले इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको छ । कम्पनीको धरान ८ स्थित धनकुटे रोडमा रहेको बराह कम्प्लेक्समा विजुलीबाट कुद्ने ई–स्कुटरको बिक्रि वितरण शुरु गरेको हो । बराहका परिकल्पनाकार एवंम संस्थापक स्वर्गीय इन्द्र कुमार लामिछानेको ६४ औं जन्म जयन्तीको अवसरमा ई–स्कुटरको बिक्रि शुरु गरिएको कम्पनीका निर्देशक मान बहादुर विश्वकर्मा(दियाली) वताए । बराहका अनुसार ३ वटा मोडलमा स्कुटर बिक्रिका लागि राखिएको छ । कम्पनीका सेल्स एक्जुकेटिभ मीना पौडेका अनुसार ई– प्लुटोको मुल्य २ लाख ४९ हजार, ई–ए
धरान । वर्षेनी स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको धरान स्थित बराह ग्रुपले संस्थापक अध्यक्ष तथा परिकल्पनाकार स्व. इन्द्र लामिछानेको जन्म दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ग्रुपले वर्षेनी भदौ ५ गते संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको थियो । तर पछिल्लो कोरोना संक्रमणको जोखिमका कारण दुई वर्ष कार्यक्रम गर्न सकेको थिएन् । यस वर्ष पनि भदौ ५ गते जोखिमनै रहेकाले बुधबार असोज १४ गते संस्थापक अध्यक्ष स्व. विश्वकर्माको जन्मदिवसको अवसर पारेर रक्तदान गरेको हो । यस अवसरमा बराहले प्रत्येक महिना रक्तदान कार्यक्रम संचालन गर्ने जनाएको छ । धरानलाई रक्तदाताक
धरान । धरान–१२ को एम्स एकेडेमी र नेसनल मल्टिपल कलेजले विद्यार्थीहरूलाई मङ्गलबार स्वागत तथा विदाइ गरेको छ । एम्स एकेडेमीले भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ गरेको हो भने नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । कक्षा १२ को परीक्षामा दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङले जनाए । अब नेसनल मल्टिपल कलेज पनि एकेडेमीमै गाभिएको छ । नेसनल कलेज पनि जोडिएपछि नयाँ पाँचवटा शैक्षिक कार्यक्रम सुरु गर्ने योजना रहेको एकेडेमीका एकेडेमिक निर्देशक नेत्र सुवेदीले बताए । उनले स्थानीय तहले शैक्षिक क्षेत्रलाई महत्व नदिएको विचार राखे । दक्ष जनशक्तिले संसा
इलाम । दशै, तिहार, छट लगायत पर्वहरु नजिकिदै गएपछि इलाम बजारमा उपभोग्य सामानको मुल्य महङ्गीएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मुल्य महङ्गीन थालेको हो । नियमित बजार अनुगमन नहुँदा बजार महङ्गीन थालेको हो । पहिले बजारको नियमीत रुपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । तर स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिएको छ । अहिले बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ । अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतको
धरान । कोरोना संक्रमण शुरु भए सँगै ठप्प रहेको पर्यटन व्यवसायलाई डेढ वर्ष यता ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । कोरोना संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा ५५ प्रतिशत पर्यटन व्यवसायलाई प्रभाव पारेको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययन अनुसार कोभिड अघि १२ लाख १३ हजार २ सय ७७ जना पर्यटकहरु धरान आएकोमा कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ सय ५६ जनामा सिमित भएको छ । यस्तै, आम्दानीमा पनि कोभिड अघि एक बर्षमा १७ करोड ४० लाख रहेकोमा कोभिड पछि घटेर ७ करोड ८९ लाखमा समेटिएको छ । यो ५४
रंगेली/ जन्मदै देखि मलद्वार टालिएका देवराज मंण्डलका ४ वर्षिय छोराको आर्थिक अभावका कारण उपचार गराउन सकेका छैनन् । रंगेली नगरपालिका ३ स्थित भलुवा झोडामा विगत दश बर्ष देखि सुकुम्बासी जग्गामा बस्दै आएका मंण्डलका ४ बर्षका छोरा जन्मदै देखि मलद्वार टालिएको अवश्थामा छ । मलद्वार टालिएको अवस्थामा जन्म भए पछि अहिले सम्म आर्थिक अभावका कारण शल्यक्रिया हुन नसक्दा अहिले पेटको साईडमा प्वाल पारेर मलद्वार जाने ठाउँ बनाइएको छ । उनी अहिले जीवन र मरणको अवस्थामा छन् । आर्थिक अभावले परिवारनै पाल्न धौं धौं रहेको देवराजको परिवारमा उनको श्रीमती, ३ छोरी छन् । आर्थिक अभावकै कारण उनको तीनवटा छोरीहरुलाई पठनपाठनका लागि काप
विराटनगर\ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा आफन्तकै संलग्नता देखियो । योजनागत रुपमा एउटै परिवारका छ जनाको हत्या अर्को परिवारका सदस्य मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीलाई मुख्य योजनाकार सहित संलग्नलाई पक्राउ गर्न सफलता मिल्यो । गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजबहादुर कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्या आरोपमा भदौ २७ गते प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो । पछि छिमेकी ४
धरान\ कवि तथा गजलकार कुमार प्रधान कल्पितले धरान-९ को पुतली लाइनमा फेन्सी पसल सुरु गरेका छन् । अग्रज कवि बम देवानले सोमबार रिबन काटेर पसल उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा केही दिनसम्म ३० प्रतिशतसम्म छुटको सुविधा दिइने सञ्चालक कुमारले जनाए । पसलमा पुरुषका फेसनेबल कपडा र जुत्ताहरू उपलब्ध छन् । डी(वेब फेसन वेयरको उद्घाटन कार्यक्रममा धरानका चर्चित युवाकविहरू सुदीप पाख्रीन, सन्तोष थेवे, इन्दु योन्जन, करुणा राईका साथै धरान(१३ का वडाध्यक्ष नेत्र काफ्ले र अर्का कवि गोपाल श्रेष्ठ पनि उपस्थित थिए ।
विराटनगर । एक इँटा व्यवसायीमाथि उच्च अदालत विराटनगरको गेटमै खुकुरी प्रहार भएको छ । मोरङको कटहरीमा इँटाभट्टा संलान गर्दै आएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार खुकुरी प्रहार भएको हो । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लामाको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा विराटनगर आइपुगे लगत्तै विराटनगरमा आक्रमण भएको हो । उनले कटहरी गाउँपालिका&