खतिवडा एसोसिएसनको सह कोषाध्यक्षमा निर्वाचित

  • भदौ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशनबाट धरान उपमहानगरपालिकाका बरिष्ठ कर अधिकृत खगेन्द्रप्रसाद खतिवडा सह कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

‘स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार’ भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशनबाट उनी सह कोषाध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेसनबाट डम्बर रोगु अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी बरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल महासचिव सितु प्रसाद श्रेष्ठ कोषाध्यक्षमा सानुमैया डंगोल, उप महासचिवमा चित्रबहादुर विश्वकर्मा भएका छन् ।

ऋधिवेशनले प्रदेश १ अध्यक्षमा त्रिलोचन पौडेल, मदेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन हुनु भएका छन् । यसै गरी केन्द्रीय सदस्यहरुमा निर्मला बस्नेत, निरन्जनकुमार क्षेत्री, ज्ञानप्रसाद अर्याल’, ठगिश्वर पोखरेल. मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना, सञ्जिवकुमार सिंह, भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ चयन भएका छन् ।

महाधिवेसन आयोजक समितिका संयोजक राजकुमार थापाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय महाधिवेशनको समुद्घाटन नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुबाट उद्घाटन गरिएको थियो ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved