नेपालीहरुको महान पर्व नजिकिँदै: दशैलाई शान्तिपूर्ण बनाउन सर्वपक्षीय छलफल

  • भदौ २७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेपालीहरुको महान दशै घरघरमा भित्रिइसकेको छ । नेपालीहरुले दशै पर्व हर्षोल्लासका साथ मनाउने गरेका छन् । दुई बर्ष कोरोना संक्रमणले विश्वलाई आक्रान्त बनाएको थियो । त्यसबेला नेपालीहरुको मौलिक पर्व दशै समेत प्रभावित बन्यो । त्यसबेला नेपालीले दशै घरमै खुम्चिएर मनाए ।

तर यस बर्ष कोरोनाको संक्रमण कायमै भएपनि सरकारले चाडवाड बनाउन रोकेको छैन । चाडवाड नकिजिदै जाँदा काला बजारी र मुख्य चोरीका घट्नाहरु बढ्न थालेपछि यसको नियन्त्रणका लागि सरोकारवालाहरु छलफलमा जुटेका छन् ।

छलफलमा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चाडवाड नजिकिदै जाँदा सुरक्षामा चुनौति थपिने हुदा सबै सचेत हुनुपर्ने बताए । उनले भने–‘चाडवाडका समयमा चोरी, लुटपाटका घट्नाहरुमा बृद्धि हुने गरेको छ, यसलाई नियन्त्रण गर्न जनता र प्रहरी प्रशासन मिलेर लाग्न जरुरी छ ।’

यता सशस्त्र प्रहरी बल ४ नं. गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाइले चाडपर्वमा नेपाल–भारत सीमा क्षेत्रमा हुन सक्ने आपराधिक घट्नामा सचेत हुन आवश्यक रहेको बताएका छन् । उनले भने–‘चाडपर्वका समयमा सीमा नाकामा अवैध सामान चोरी पैठारी हुने, चोरी गरेर सीमा पार गर्ने लगायतका समस्या हुन्छन्, यसमा सुरक्षाकमीर्ले सीमा क्षेत्रमा कडाई गर्न आवश्यक छ ।’

यस्तै जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले चाडपर्वका समयमा प्रहरीमात्र हैन सर्वसाधारण समेत चनाखो हुन जरुरी रहेको बताए । उनले भने–‘चाडपर्वका समयमा सबै मौकाको खोजीमा हुन्छन्, प्रहरीले मात्र चोरी तथा लुटापाटका घट्ना न्यूनिकरणमा लाग्नुपर्छ ।’

यसैगरी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. १ का इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले चाडपर्वको समयमा हुने ट्राफिक जामलाई न्यूनिकरण गर्न यातायात व्यवसायी, मजदुरले समेत ट्राफिक प्रहरीलाई सहयोग गर्नुपर्ने बताए ।

आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख गोविन्द प्रसाद आचार्यले व्यवसायी अझै करको दायरामा नआएको बताउदै सबैलाई करको दायरामा ल्याउन सुनसरी उद्योग बाणिज्य संघले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यता व्यवसायीका तर्फबाट बोल्दै सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् यातायात व्यवसायी सरोज श्रेष्ठले व्यवसायीहरुलाई चाडपर्वको मुखमा करको दायरामा ल्याउने बहानामा व्यवसायीलाई अनावश्यक दुख दिन नहुने बताए । छलफलमा राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, धरान औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख रमेश नेपाल, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, विभिन्न व्यवसाय, वित्तीय तथा विभिन्न संघ संस्थाका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved