प्रतिष्ठानको आर्थिक अवस्था खस्कदो ‘प्रतिष्ठानभित्र राजनीति नगर्नुस्’

  • भदौ २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऋणात्मक अवस्थमा गएको र सरकारले यसलाई सहयोग गर्नुपर्नेमा बीपीका पदाधिकारीहरुले प्रदेश र संघीय स्वाथ्यमन्त्री समक्ष माग गरेका छन् ।

उनीहरुले कोरोना संक्रमण लगायत विविधि कारणले प्रतिष्ठान १ अर्ब ४१ करोड बराबर ऋणात्मक अवस्थामा गुज्रिरहेको भन्दै शुक्रबार प्रतिष्ठानको २९ औ स्थापना दिवसका अवसरमा प्रतिष्ठानका पदाधिकारीले मन्त्री समक्ष माग गरेका हुन् ।

यही विषयमा केही समय अगाडि प्रतिष्ठानका रजिष्टार सूर्यप्रसाद सगौलाले स्वेतपत्र नै जारी गरी प्रतिष्ठानको आर्थिक अवस्था नाजुक जानकारी गराइसकेका छन् । सरकारी असहयोगकै कारण प्रतिष्ठानको आर्थिक अवस्था कमजोर भएको स्वेतपत्रमा उल्लेख छ । शुक्रबार पनि प्रतिष्ठानको २९ औं स्थापना दिवसका अवसरमा यो कुरा प्राथमिकताका साथ उठान भयो । उपकुलपति डा् ज्ञानेन्द्र गिरीले आर्थिक संकट भएको अवस्थामा सरकारले समेत प्रतिष्ठानका लागि थप बजेट सहयोग बताएका थिए । ‘प्रतिष्ठान घाटामा छ, आर्थिक अवस्था जर्जर छ, प्रतिष्ठानको आर्थिक अवस्था सुधार्न भएपनि सरकारको सहयोग आवश्यक छ ।’

प्रतिष्ठानको आर्थिक अवस्था खस्कनुमा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा कार्यरत फेकल्टी टिचर लगायतको राजनीतिकरण भएको प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवले बताए । उनले स्वास्थ्य संस्थालाई राजनीतिक हस्तक्षेपबाट टाढा नराखेसम्म प्रतिष्ठानको आर्थिक अवस्था सुधार नहुने बताए । उनले भने–‘बीपी प्रतिष्ठानमा धेरै राजनीति हुन्छ, स्वास्थ्यक्षेत्रभित्र राजनीति हुनुहुदैन, विसुद्धा सेवाभाव हुनुपर्छ ।’

स्वास्थ्यमन्त्री एवम् प्रतिष्ठनका सहकुलपति भवान खापुङले प्रतिष्ठानको अवस्थाका नाजुक भएको विषयमा सुनेको र बुझेको बताए । देशकमै महत्वपूर्ण स्वास्थ्य क्षेत्र प्रतिष्ठानको आर्थिक अवस्था खस्किएको, उपकरण अभावमा प्रतिष्ठानमा आउने विरामीले सेवा नपाएको, गुणस्तरीय स्वास्थसेवा खस्कदै गएको आफूले सुनेको बताए । उनले भने–‘प्रतिष्ठान देशकै प्रतिष्ठित स्वास्थ्य क्षेत्र हो, यसको सुधारमा सरकार गम्भीर छ ।’

यसैगरी संघीय सांसद जयकुमार राईले बीपीको गुणस्तरको विषयमा विगतदेखि नै प्रश्नचिन्ह उठेको बताए । उनले प्रतिष्ठानका पदाधिकारीले जनप्रतिनिधिहरुसँग समन्वय नगर्ने गरेको बताए । उनले भने–‘प्रतिष्ठान सबैको हो, यसको समस्याका विषयमा हामीलाई कहिल्यै छलफलमा बोलाउने गरिएको छैन, समस्यामा सबै मिलेर अगाडि बढेमात्र समस्या समाधान गर्न सहज हुन्छ ।’

प्रतिष्ठानमा विभिन्न फेकल्टीमा ८ सय ५० बेड रहेका छन् । प्रतिष्ठानमा चिकित्सक तथा कर्मचारी लगायतको संख्या १ हजार ८ सय जना रहेको छ । १ हजार ५ सय विद्यार्थी प्रतिष्ठानम अध्ययन गर्छन् । शिक्षक ३ सय भन्दा बढी रहेको छ । यसलाई हेर्दा अहिले यो संस्था अत्यन्तै ठूलो संस्था हो । प्रतिष्ठानमा आइसियु भवन थप, ४ सय शैयाको मातृ शिशुभवन निर्माणलाई निरन्तरता, विभिन्न उपकरणहरु थप गरेको विषयमा उपकुलपति गिरीले कार्यक्रममा जानकारी गराए पनि आर्थिक अवस्थाबाट जर्जर बनेको प्रतिष्ठानमा चिकित्सक, कर्मचारी, शिक्षकले समयमै तलब नपाउने, विग्रिएका उपकरण मर्मत नहुने प्रतिष्ठानको आथिक, शैक्षिक, स्वास्थ्य गुणस्तर खस्किदै गएको लगायतका कुरा बाहिर आउने गरेको वक्ताहरुले सो अवसरमा बताएका थिए ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved