जनप्रतिनिधि लाई भू– बर्गीकरण अभिमुखीकरण तालिम

  • भदौ २४, २०७९
  • "रबिन्द्र बराल"
alt

धरान । मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली अस्पतालको सभाहलमा भू वर्गीकरण तथा भू –उपयोग योजना निर्माण सम्बन्धि एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू–उपयोग सम्बन्धी विवरणका बारेमा जानकारी गराएका थिए । वर्तमान भू–उपयोग नक्सा , भूमि प्रणाली नक्सा, माटो नक्सा, भू–क्षमता नक्सा, जोखिम नक्सा, भू उपयोग क्षेत्र वर्गीकरण नक्सा, भू–उपयोग वर्गीकरणका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो ।

जिल्लाका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी प्राविधिक सहयोग प्रदान गरिने र सम्पूर्ण स्थानीय तहहरुमा हस्तान्तरण गरिएका भू–उपयोग सम्बन्धी विवरण का बारेमा समेत जानकारी गराएका थिए । औद्योगिक करिडोर, विशेष आर्थिक क्षेत्र,राष्ट्रिय परियोजना, अन्तरप्रदेश फैलिएका परियोजना, संरक्षण योग्य राष्ट्रिय महत्वका प्राकृतिक तथा भौतिक सम्पदाहरू, अन्तर्राष्ट्रिय पहिचान र मानवीय आस्था बोकेका धार्मिक, सांस्कृतिक महत््वका स्थानहरु, विद्यालय वा अन्य शैक्षिक क्षेत्र, सड़क, स्वास्थ्य संस्था, सिंचाई कुलो वा नहर रहेको क्षेत्र, राष्ट्रिय सुरक्षाको दृष्टिले संवेदनशील स्थान, विपद क्षेत्र, वातावरणीय स्वच्छता तथा जैविक विविधता संरक्षणको लागि सुरक्षित क्षेत्रको समेत पहिचार गरेर मात्रै अगाडि बड्नु पर्ने कुरामा जोड दिएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली, प्रशासकीय अधिकृत ओमकर न्यैपाने , नापी कार्यालय रंगेली का प्रमुख आनन्द देव , मालपोत कार्यलय रंगेलीका सुनिल पौडेल, वडाध्यक्षहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण विकास कुमार कर्ण र गोविन्द घिमिरेले गरेका थिए ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved