मेघा कलेजका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

  • भदौ २५, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान मेघा हिमालयन कलेजमा कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई शनिबार स्वागत गरेको छ ।
कक्षा १२ का विद्यार्थीहरूले नै आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथि धरान उमनपाका उपमेयर अइन्द्रविक्रम बेघाले विद्यार्थीहरू नै देशको भाग्य र भविष्यका आधार भएका हुँदा शिक्षा र सिप आर्जनलाई महत्व दिन विद्यार्थीहरूलाई आग्रह गरे । ‘शिक्षा नै देश विकासको आधार हो’, उपमेयर बेघाले भने, ‘तपाईंहरूले शिक्षा आर्जन गर्दै नेतृत्व लिने हिम्मत पनि गर्नुपर्छ ।’ उनले धरानको शैक्षिक विकासमा मेघा कलेजले पु¥याएको योगदानको पनि उच्च प्रशंसा गरे ।

 

305728029_1265806704155068_6958587320340582149_n 305936973_6194907820524904_1117703805933864130_n

त्यस क्रममा मेघा कलेजका प्रिन्सिपल भाष्कर पौड्यालले मेघा छोटै समयमा स्थापित हुन सफल भएको सुनाए । सबै विद्यार्थी र अभिभावकहरूको साथ र सहयोगबाट यो सम्भव भएको उनको भनाइ थियो । सो अवसरमा कलेजले कक्षा ११ मा आप्mनो सङ्कायमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरूमा विज्ञान सङ्कायबाट दिलीप राई, व्यवस्थापन सङ्कायबाट मुस्कान मगर र होटल व्यवस्थापन सङ्कायबाट सञ्जिता राना मगर छन् । शैक्षिक प्रगतिका लागि विद्यार्थीहरूलाई हौसला प्रदान गर्न उनीहरूलाई पुरस्कृत गरिएको कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले बताए ।
सो अवसरमा राष्ट्रिय कलाकार अम्बिका दवाडीले पनि आप्mनो कला प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले आकर्षक नृत्य र गायन प्रस्तुत गरेर नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै मनोरञ्जन पनि प्रदान गरेका थिए । सो अवसरमा बीबीएसका विद्यार्थीहरूले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले नृत्य र गायन प्रस्तुत गरिरहँदा उपस्थित विद्यार्थीहरू खुसीले चिच्याइरहेका थिए ।


कार्यक्रममा कलेजका प्रशासनिक निर्देशक कैलाश लिम्बू, व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेम, होटल व्यवस्थापन सङ्कायका प्रमुख पोषण श्रेष्ठ, पत्रकार महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राई, फोटो पत्रकार महासङ्घका सुनसरी अध्यक्ष विकास चाम्लिङ, कलेजका शिक्षक–शिक्षिकालगायत उपस्थित थिए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved