पूर्व प्रधानमन्त्रीको जिल्लामा सडकको दुर्दशा

  • भदौ २६, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । पूवकै पर्यटकीय गन्तव्यको रुपमा रहेको इलाम जिल्लामा सडकको समस्या रहेको छ । इलाममा दैनिक हजारौँ पर्यटक आउने गर्दछन् । यो क्षेत्र पर्यटकीय क्षेत्र मात्र नभएर यहाँबाट निर्वाचन जितेर प्रधानमन्त्रीसम्म भैसकेका नेताको जिल्ला हो । यहाँबाट प्रतिनिधी सभा निर्वाचन जितेका नेता प्रधानमन्त्री भए, प्रदेश १ को पर्यटन मन्त्री सम्म भईसकेका छन् ।

यही क्षेत्रमा पर्छ फिक्कल– नयाँ बजार सडक । प्रधानमन्त्री भइसकेका झलनाथ खनालले निर्वाचन जित्न पटक पटक इलामे जनताको साथ पाए तर इलामे जनताले एउटा सडक बन्न पनि नेताको साथ पाउन सकेनन् । निक्कै लामो समय पछि फिक्कल–नयाँ बजार सडक कालोपत्रे गर्ने कामको थालनी हुँदा त्यस क्षेत्रका बासिन्दा खुसी थिए । सधैँ हिलाम्मे बनिरहने सडक कालोपत्रे बन्ने भन्दा खुसी नहुने कुरै भएन । ट्याक खोलिएको ६ दशक पछि बनाउन लागिएको सडक आशामा थिए सर्वसाधारण । यो सडक निर्माण भएपछि यहाँका स्थानीयले मुक्ति पाउने र बर्षाद्को समयमा गन्तव्यसम्म पुग्न नसकेको सवारी साधन अब पुग्ने भन्नेमा ढुक्क थिए ।s4

तर अहिले पनि सडकको दुर्दशा उस्तै छ । अहिले पनि सडक हिलाम्मे छ । पैदल यात्रुले कतिपय ठाउँमा हिलोको कारण बाटो खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको छ । दुर्घटनाको जोखिम उतिकै छ भने हिलोको कारण सवारी साधन गन्तव्यमा पुग्न मूस्किल छ ।

मालवाहक सवारी साधनलाई त झन् सामान बोकेर लैजान हम्मे हम्मे पर्छ । सडक कालोपत्रेका लागि प्रदेश १ सरकारले ५३ करोड लगानी गरेको छ । ३६ महिनामा कालोपत्रे सक्ने गरी फिक्कल– नयाँ बजार सडक कालोपत्रे गर्ने काम अघि बढेको थियो । अहिले कामले गति लिन नसक्दा स्थानीयमा निराशा आउन थालेको छ । खनालकै जन्म गाउँको नेपाल टार मङ्गलवारे सडकको पनि यति वेला चर्चाको विषय बनेको छ । लामो समयपछि कालो पत्रे बनेको उक्त सडक मर्मत नहुँदा कालो पत्रेको नाम निसाना हराउन लागेको छ । देउमाई नगरपालिकाका अर्जुन खनाल सुन्नेले यदि सुन्दैन भने भन्नेको लाग्छ र के भन्दै बन्न लागेको हाम्रो डिजिटल देउमाई नगरपालिका जाने मुख्य सड्क यात्रा गर्न कठिन हुने गरेको बताउँछन ।

इलामका जनता निर्वाचन जिताएर पूर्व प्रधानमन्त्री सम्म भैसकेका झलनाथ खनाल प्रति आक्रोश पोख्दै भोट माग्ने आधार नै नभएको बताउछन् । पटक पटक चुनाव जितेर गए पनि आफ्नो जिल्लामा एउटा बाटो कालोपत्रे सम्म गर्न नसकेको स्थानीयको गुनासो छ । खनालले इलामबाट पटक पटक चुनाव जिते पनि इलाम जिल्लाको लागि केही नगरेको बताए ।

फिक्कल नयाँ बजार सडक विक्रम सम्बत २०१० सालमा तत्कालीन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा खनिएको इतिहास छ । उक्त सडक २०७६ मङ्सिरमा निर्माणको सम्झौता भएर प्रक्रिया अघि थालिएको थियो । झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत सडकको काम अघि बढेको छ । सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिका बासीलाई सेवा पुग्ने उद्देश्यले काम थालिए पनि गति लिन सकेको छैन । यो सडक निर्माण भए नयाँ बजार सम्म मात्र नभएर जौवारि हुँदै सन्दकपुर सम्म पुग्न सहज हुनेछ । सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ । अहिले जौवारि लगायतका स्थानीय भारतीय बजारकै भरमा पर्नुपर्ने बाध्यता रहँदै आएको छ । नेपाल तर्फको सडक राम्ररी सञ्चालन नभएपछि सीमाका भारतीय बजारमा निर्भर हुनु पर्ने बाध्यता छ । नेपाल तर्फको सडक कालोपत्रे भएपछि उक्त क्षेत्रका स्थानीयले सोझै झापा बिर्तामोडसम्म आफ्ना उत्पादन लगेर खाद्यान्न लगायतका आवश्यक सामग्री लैजान सहज हुने स्थानीयको भनाई छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved